अतिक्रमित जग्गा बचाएर पार्क निर्माण थालनी

७९ लाख ३८ हजार ७७८ रुपैयाँ लागत

 

DSC_0559चन्द्रमणि भट्टराई
असोज १४

 

काठमाडौं । वडा २३ ले ९ आना २ जग्गा सार्वजनिक जग्गामा पार्क निर्माण शुभारम्भ गरेको छ । वडा भवन नजिकै रहेको उक्त सार्वजनिक जग्गामा मंगलबार बिहान महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, वडाध्यक्ष मचाराजा महर्जन, पूर्व मन्त्री प्रयागराज सिंह सुवाल र पूर्व वडाध्यक्ष पबित्र बज्राचार्यले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

DSC_0759शिलान्यास समारोहमा बोल्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — बिरोधको संस्कार त्यागेर बिकासका काममा एउटै लक्ष्य बनाउनु पर्नेमा जोड दिनुभयो । महानगरका प्रमुखलाई असहयोग गरेर व्यक्ति मात्र होइन संस्था नै असफल बन्छ । जुन योजनाको पनि बिरोध गर्नेले यसतिर सोच्नुपर्छ, मेयर शाक्यको भनाइ थियो । आफ्नो योजनाअनुसार काम गर्न पाएको भए यो बेलासम्ममा धेरै परिणाम आइसक्ने थिए, उहाँको भनाइ थियो ।

७९ लाख ३८ हजार ७७८ रुपैयाँ लागतमा निर्माण हुने पार्कमा सहिद धर्मभक्त माथेमाको शालिक राखिनेछ । कार्यक्रममा पार्कका बारेमा जानकारी दिँदै वडाध्यक्ष मचाराजा महर्जनले भन्नुभयो — यो पार्क आउँदो सहिद दिवसका दिनसम्ममा निर्माण सम्पन्न भइसक्नेछ । सार्वजनिक जग्गा जोगाएर नागरिकहरुको पहुँचमा पु¥याउने क्रममा लामो समयदेखि बिबादमा रहेको जग्गाको बिबाद मिलाएर पार्क निर्माण थालिएको हो, वडाध्यक्षले बताउनुभयो । त्यस क्रममा पूर्वमन्त्री प्रयागराजसिंह सुवालले — १९९७ सालमा प्राणदण्ड दिइएका सहिदहरुको योगदानको चर्चा गर्दै यहाँहरुकाृ सपना पूरा गराउन सबैको एक चित्त हुनु पर्ने बताउनुभयो । हाम्रो आवाज यति उच्च हुनुमा उहाँहरुको योगदान छ, उहाँले थप्नुभयो — ४ सहिदमध्ये धर्मभक्तको शालिकसहितको पार्क निर्माण हुनुले वडाको गरिमा बढ्छ । वडामा भएका सार्वजनिक जग्गा जोगाउनै मुस्किल छ, धारणा राख्ने क्रममा पूर्ववडाध्यक्ष पबित्र बज्राचार्यले भन्नुभयो — भूमाफियाले आँखा नगाडेको ठाउँ नै छैन । यो जग्गाको बिवाद पनि २०४२ साल अघि देखिको नै हो ।

पार्कमा शालिकसहित बिश्राम गर्ने ठाउँ र हरियाली हुनेछ ।

 

 

 

यसमा तपाइको मत