कानुनले धरातलमा खुट्टा टेक्न पाएन — उपप्रधानमन्त्री पोखरेल

किसानको बजारमा सिधा पहुँच भएपछि मुल्य र गुणस्तरमा सुधार हुने

DSC_0376 (2)

चन्द्रमणि भट्टराई
असोज १३

 

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले — नागरिकको अधिकार र जनजीविकासँग सम्बन्धित असल कानुनी व्यवस्थाले खुट्टा टेक्नै नपाएको बताउनुभएको छ । यदि माथिल्लो तहमा भएका कानुनी व्यवस्था नागरिकको तहमा पुग्न पाए, जनतालाई सास फेर्न र जीवन चलाउन सजिलो हुने थियो । सोमबार काठमाडौंको धुम्बाराहीमा फलफुल र तरकारीको थोक तथा खुद्रा बजारको उद्घाटन गर्दै उपप्रधानमन्त्रीले यस्तो धारणा राख्नुभएको हो । सरकारले ताजा र स्वस्थ्यकर खाद्यबस्तुमा उपभोक्ताको पहुँच पु¥याउन निर्माण गरिएका कानुनी व्यवस्था कार्यान्वयनमा आएनन् । यसले सरकारको उपस्थितिलाई कमजोर बनायो । उहाँले संरचनागत असमन्वयको कुरा गर्दै भन्नुभयो — माथिका कुरा तल पु¥याउने संयन्त्रले सक्रियतापूर्वक काम गर्नुपर्छ । कृषिमा अनुदान दिने कुरा छ । उपभोक्ता अधिकारको कुरा छ । हाम्रा खेतका गरा बाँझो राखेर बिदेशबाट आयात गरिएका फूल ल्याएर माला लगाउनुमा मजा छैन, उहाँले आयात घटाएर निर्यात बढाउनु पर्ने कुरामा जोड दिनुभयो ।

DSC_0394मैले सुनेको छु, यस बजारमा सामान बेच्नका लागि किसान आफैंं आउँछन् । यो राम्रो कुरा हो । उहाँले थप्दै भन्नुभयो — यदि किसानको बजारसँग सिधै पहुँच हुने हो भने न गुणस्तरमा समस्या हुन्छ, न त मुल्यमा नै । बरु सबैलाई फाइदा हुन्छ ।

त्यस क्रममा बोल्दै प्रदेश सभा सदस्य नारायण सिलवालले — स्थापना कालमा देखिएको जाँगर दिगो हुनु पर्ने बताउनुभयो । किसानको पहुँच र अर्नानिक उत्पादनलाई अहिले जोड दिनुभएको छ । बीचमा पुगेर बाटो मोड्नु हुँदैन । भनेका कुरा गरेर देखाउनुपर्छ, उहाँको भनाइ थियो । समारोहमा बोल्दै महानगरको वडा ४ का अध्यक्ष मोहन बिष्टले भन्नुभयो — आज म धेरै खुशी छु । मेरो वडामा ठूलो तरकारी तथा फलफुल बजार खुलेको छ । यसले वडाबासीलाई र छिमेकी वडाबासीलाई स्वच्छ र ताजा तरकारी खान पुग्छ ।

धुम्वाराही चक्रपथसँगै ६ रोपनी जग्गामा बजार र ४ रोपनी जग्गामा पार्किङ्सहित सञ्चालनमा ल्याइएको बजारको दिगो व्यवस्थापनका लागि सरकारले सहयोग गर्नुपर्ने बताउँदै सञ्चालक चित्रकुमार लोप्चनले भन्नुभयो — कागज बनाउनेले अनुदान पाउने खेतमा माटो खेल्नेले सरकारको उपस्थिति नपाउने अबस्था गम्भीर हो । बिदेशमा पसिना चुहाउन जान तयार सबैलाई स्वदेशमा काम गरे हुन्छ भनेर आशा दिलाउन सक्नुपर्छ । यहीँ धेरै गर्न सकिन्छ । यस बजारमा व्यापारीले होइन, किसानले सामान लिएर आउँछन् र बेच्छन् । यसले गर्दा उपभोक्तालाई सुपथ मुल्यमा सामान प्राप्त हुन्छ भने किसानले सामानको उचित मुल्य पाउँछन् ।

बजारमा मल तथा बीउ बिजन, माछा मासु तथा दुधजन्य खाद्यबस्तुलगायत भान्सामा आवश्यक सबै प्रकारमा सामानका लागि स्टल राखिएका छन् । अहिले तरकारीका लागि मात्रै २०० स्टल छन् । एउटा स्टल लिनका लागि ५ जना किसान अनिवार्य मिल्नु पर्ने प्राबधान राखिएको छ ।

 

 

यसमा तपाइको मत