सहरी स्वास्थ्य कार्यक्रम सञ्चालनसहित १६ वटा कार्यबिधि बिधायन समितिमा

महानगरको ३७ औं कार्यपालिका बैठक सम्पन्न

 

DSC_0496चन्द्रमणि भट्टराई
असोज १३

 

काठमाडौं । सोमबार महानगरको ३७ औं कार्यपालिका बैठक सम्पन्न भएको छ । महनगरका प्रमुख बिद्यासुन्दर शाकयको अध्यक्षतामा सम्पन्न बैठकले, काठमाडौंको सहरी क्षेत्रमा सञ्चालन हुने स्वास्थ्य सेवाका कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक १५ वटा र जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुका लागि कार्यक्रम सञ्चालन व्यवस्थापन अनुगमन र नियमन सम्बन्धि कार्यबिधि एउटा कार्यबिधि तयार गर्न बिधायन समितिमा पठाएको छ । कार्यपालिकामा यी प्रस्तावहरु सहरी स्वास्थ्य महाशाखा र सामाजिक बिकास बिभागबाट पुगेका हुन् ।

DSC_0515 (1)बैठकले सिसडोल ल्याण्डफिल्ड क्षेत्रभित्र परेका प्रभावित जग्गाको बाली क्षतिपूर्ति दिने निर्णय गरेको छ भने सहरी योजना आयोगका सदस्यहरुको नियुक्तिलाई अनुमोदन गरेको छ । सहरी योजना आयोग गठन तथा सञ्चालन कार्यबिधि ऐनबमोजिम प्रमुखले नियुक्त गरेका आयोगका सदस्यहरुको नियुक्ति कार्यपालिका बैठकबाट अनुमोदन गराउनु पर्ने व्यवस्था छ । त्यस्तै बैठकले सिसडोल ल्याण्डफिल्ड साइटमा कार्यरत ९ जना सहायक स्तरका कर्मचारीसहित महानगरमा कार्यरत, बिषयगत कार्यालयबाट आएका र सामाजिक परिचालकको करार नविकरण गरेको छ । जिन्सी निरीक्षण प्रतिवेदन २०७५ ले औल्याएका र फुटपाथ अतिक्रमण नियन्त्रण गर्ने क्रममा संकलन गर्ने कपडाजन्य सामान लिलाम गर्ने निर्णय गरेको बैठकले फुटकर जिन्सी सामाग्रीको दररेट स्वीकृत गरेको छ । महानगरले मेलमिलाप केन्द्र स्थापना गर्न सूचीकृत गरेको मेलमिलापकर्ताको सूची बैठकले अनुमोदन गरेको छ ।

काठमाडौंको फोहोरमैला व्यवस्थापनमा बिद्यमान अभ्यास, यसका लागि लगानी बोर्डबाट गरिएका प्रयासको समीक्षा गर्दै बैठकले महानगरको दायित्वभित्र पर्ने फोहोरमैला व्यवस्थापनको कामका लागि इन्सिनेरेटर पावर प्लान्ट स्थापनाका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन गर्न अनुमति दिने निर्णय गरेको छ । यो अध्ययन गर्न लाग्ने समयावधिभित्र लगानी बोर्डबाट हुन सक्ने सम्भावित काम र प्रतिवेदनले औल्याएका सम्भावना बिश्लेषण गरेर अगाडि बढ्ने प्रमुख शाक्यको भनाइ छ ।

बैठकले बिबिधमा राखिएका प्रस्तावमाथि छलफल गर्दै, उपभोक्ता समितिले सम्पादन गर्ने पूर्वाधार निर्माणका काममा भ्याट बिल जारी मिल्ने सामानमा भ्याट बिल नै स्वीकार गर्ने र मुल्य अभिवृद्धि करवापत्को मुल्य भुक्तानी गर्ने निर्णय गरेको छ ।


यसमा तपाइको मत