विवाद मिल्यो, शाखा सडक फराकिलो हुने भयो

बर्षौदेखिको बिवाद, जग्गाधनीको सहयोगमा समाधान गरेँ — वडाध्यक्ष सापकोटा

DSC_9186चन्द्रमणि भट्टराई
असोज ५

 

काठमाडौं । काठमाडौंको रविभवनबाट सन्तोषी माताको मन्दिरतर्फ ओरालो सडकको मुख फराकिलो हुनेभएको छ । मुख फराकिलो बनाउने बिषयमा बिगत ७ बर्ष अघिदेखि विवाद थियो । बिवादसँग जोडिएका जग्गाधनी सुरेशलाल श्रेष्ठ सडकका लागि जग्गा दिन सहमत भएपछि बिवाद समाधान भएको हो । समस्या समाधानको प्रयास सुनाउँदै वडाध्यक्ष शोभा सापकोटा भन्नुहुन्छ — मेरो अनुरोध मानेर जग्गा धनीले ८ स्क्वायर फिट जग्गा सडकलाई छोडिदिनुभयो । उहाँले यो जग्गा दिएपछि यसभन्दा तल्लो भेगका करीब ५०० घरलाई प्रत्यक्ष लाभ पुगेको छ ।

आज बिहान वडाध्यक्षसहित स्थानीय सरोकारवाला भेला भएर बिस्तार हुने सडकको जग्गामा चिनो लगाएका छन् ।

मुल सडकबाट तलतिर जानका लागि पहिले ३ फिटे गल्ली थियो । सबैलाई मनाउँदै अहिले शाखा सडक फराकिलो बन्दै गएको वडाध्यक्ष सापकोटा थप्दै भन्नुहुन्छ — सडक ११ फिटे भयो, मुख १६ फिटे । अब मुल सडकबाट भित्र जान र भित्रबाट मुल सडकमा निस्कन समस्या छैन । यो मेरो लागि ठूलो उपलब्धी हो, सापकोटाको भनाइ छ ।

रविभवनबाट ज्ञानोदय स्कूलतर्फको यो शाखा सडकलाई कलंकी र बाफलतर्फ जान बैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सकिन्छ ।

 

यसमा तपाइको मत