मेट्रो एफ. एम. को बार्षिकोत्सवमा रञ्जना लिपि लेखन प्रतिस्पर्धा

समाज रुपान्तरण र समस्या व्यवस्थापनका लागि जिम्मेवार पत्रकारिता चाहिएको छ — मेयर शाक्य

DSC_7460चन्द्रमणि भट्टराई
असोज १

 

काठमाडौं । मेट्रो एफ. एम. को २० औं बार्षिकोत्सवका अवसरमा रञ्जना लिपी लेखन प्रतियोगिताका बिजयीलाई नगदसहित पुरस्कृत गरिएको छ । काठमाडौं महानगरले सञ्चालन गरेको एफ. एम. को बार्षिकोत्सवका अवसरमा आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले प्रथम, दोश्रो र तेश्रोलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार तथा सान्त्वाना १० जनालाई जनही १ हजार नगदसहित पुरस्कृत गर्नुभएको हो । लिपी लेखन प्रतियोगिताका लागि गरिएको खुल्ला आव्हानबाट ८७ जनाले निवेदन दिएकोमा ८३ जनाले प्रतियोगितामा भाग लिएका थिए । यीमध्ये काठमाडौं चावहिलका सजिन डंगोल, ललितपुर खोनाका राजन डंगोल र मध्यपुर ठिमीका बीरकाजी बज्राचार्य (विक्की) क्रमशः पहिलो दोश्रो र तेश्रो हुनुभएको थियो । प्रतिस्पर्धामा काठमाडौं टेकुका शशांश रञ्जित, कालिमाटीका साहिल महर्जन, चावहिलका हीराभाइ शाक्य, चागःका मणिराज मानन्धर, महाबुः का सुयोग्यरत्न ताम्राकारर न्यतका अनिल महर्जन, मध्यपुर ठिमीका अंशु श्रेष्ठ, ललितपुर थेच्वकी सबिना महर्जन र मञ्जु महर्जनले सान्त्वाना पुरस्कार पाउनु भएको हो । एफ. एम. ले लिपी गुठीको सहयोगमा गएको भदौ २८ गते प्रतियोगिता सम्पन्न गरेको थियो ।

DSC_7524 (2)बार्षिकोत्सवका अवसरमा बोल्दै महानगरका प्रमुख शाक्यले — समाज व्यवस्थापन र समस्या समाधानका लागि जिम्मेवार पत्रकारिताको आवश्यकता रहेको बताउनुभयो । नराम्रा कुरा मात्र मन पराउने सोच बिकास हुँदै गएको छ । प्रबिधिको बिकासले हरेकका हातमा सामाजिक सञ्जाल उपलब्ध छ । मेयर शाक्यले मेट्रो एफ. एम. स्थापना हुँदाको सामाजिक अवस्था र अहिलेको अवस्था तुलना गर्दै भन्नुभयो — अब सृजनशील समाज निर्माण गर्न आमसञ्चारकै बीचमा पनि सद्भावयुक्त प्रतिस्पर्धा जरुरी छ । मेयर शाक्यले धारणा व्यक्त गर्ने क्रममा भर्खर सम्पन्न इन्द्रजात्रामा बिदेशी नगरका प्रमुखलाई अवलोकन गराएपछि काठमाडौंको सकारात्मक सन्देश प्रवाह भएको, रञ्जना लिपी प्रतियोगिताबाट आगामी दिनमा थप काम गर्न उत्साहित भएको उल्लेख गर्नुभयो । काठमाडौं महानगर सम्पदा बचाउन चाहन्छ । हामीले भनेका छौं — तपाईको टोलमा कुनै बहाः बहिल, चोक, पाटी वा पधेँरो. पुननिर्माण गर्नु छ भने, महानगरलाई सम्पर्क गर्नुहोस् । पैसा नभएर कुनै परम्परागत बाजा जोगाउन सकिएको छैन भने, हामीलाई सक्पर्क गर्नोस् । तर, हामीले सोचेजस्तो माग आएको छैन ।

DSC_7548कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले — २० बर्षमा पुगेको रेडियो बिषय र प्रस्तुतिका हिसाबले परिपक्व भएको बताउनुभयो । यसले धेरै काम गरेको छ । तर अझ पनि गर्ने ठाउँ छन् । राम्रालाई अझ राम्रो बनाउन बसेर छलफल गरौं र देखिएको ठाउँमा सुधार गरौं । महानगरले आन्तरिक र वाह्य सञ्चार समन्व्य र व्यवस्थापन गर्छ । कार्यक्रममा बोल्ने क्रममा सूचना तथा प्रबिधि समितिका संयोजक, महानगरका प्रवक्ता एवं वडाध्यक्ष ईश्वरमा डंगोलले — रेडियोलाई स्थानीय आवश्यकतासँग जोडेर सुधारका बाटोमा लैजाने योजना सुनाउनुभयो । यसलाई हरेक महानगरबासीले मेरो रेडियो भन्न सक्नुपर्छ । हाम्रा बिषयमा यसमा केन्द्रीत हुनुपर्छ, उहाँको भनाइ थियो ।

रेडियो सञ्चालनका बिद्यमान अवस्थामामा चर्चा गर्दै सूचना तथा प्रबिधि बिभागका प्रमुख राज्यप्रकाश प्रधानाङ्गले — रेडियोलाई प्रबिधिमैत्री बनाउने, समाजका रुचीका बिषयलाई सूचना र जानकारीका रुपमा पस्कदै जाने योजना सुनाउनुभयो । यो सरकारले सञ्चालन गरेको रेडियो भएकोले आफ्नै स्वरुपमा सञ्चालन हुनुपर्छ, महानगरले तर्जुमा गरेको नीतिलाई हामी पछ््याउँछौं, उहाँको भनाइ थियो ।

२०५६ साल असोज १ गते स्थापना भएको एपmएमले सहरी गतिविधि तथा मानवीय आचरणसँगै महानगरले अबलम्बन गरेको बार्षिक नीति, रणनीति, योजना तथा कार्यक्रमका आधारमा आफ्ना बिषय छनौट गर्छ । एफएमबाट नेपाल, नेपाली, तामाङ्लगायत बिभिन्न भाषामार्फत समाचार र समाचारमुलक कार्यक्रम, शिक्षामुलक, मनोरञ्जनात्मक तथा जनचेतनामुलक कार्यक्रमहरु प्रशारण गर्दै आएको छ । २२ जना पत्रकार/सञ्चारकर्मी रहेको रेडियो बिहान साढे ५ बजे देखि बेलुका १० बजे सम्म दैनिक साढे १६ घण्टा सञ्चालन हुन्छ ।

तत्कालीन प्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईले शुभारम्भ गर्नुभएको एफएम सेवा शुरुवाती समयमा १०६ दशमलव ७ मेगाहर्जमा प्रसारण हुने गर्दथ्यो । सर्कुलर्ली पोलराईज्ड ओम्नी डिरेक्सन एन्टेनाबाट प्रशारण हुने यस एफमलाई श्रोताको नजिक पु¥याउने मेगाहर्ज परिवर्तन गरेर ९४ विन्दु ६ मेगाहर्ज बनाइएको हो ।

 

यसमा तपाइको मत