त्रिपुरेश्वरदेखि जमलसम्म वृक्षारोपण

पार्क निर्माण तथा हरियाली प्रवर्धनका लागि छिमेकी नगर अनुदान दिएका छौं, आफ्नो क्षेत्रभित्र प्राथमिकता दिएर काम गर्दैछौं — मेयर शाक्य

DSC_2260चन्द्रमणि भट्टराई
भाद्र २६काठमाडौं । त्रिपुेश्वरदेखि जमलसम्मको करीब २ किलोमिटर दुरीकाबीच पर्ने सडक खण्डको दुवै किनारामा वृक्षारोपण गर्न थालिएको छ । बिहीबार वन मन्त्री शक्ति बस्नेत, महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र नेपाली सेनाका उच्च अधिकारीले संयुक्त रुपमा कपुरका बिरुवा रोपेर कार्यक्रम थालनी गर्नुभएको हो । कार्यक्रममा कसैको धारणा राख्ने सूची थिएन । अधिकारीहरु आउनुभयो बिरुवा रोपेर फर्कनुभयो । यो क्षेत्रमा करीब ५०० बिरुवा रोप्ने योजना छ 

DSC_2326वृक्षारोपण पछि सहरी हरियाली प्रवर्धनका लागि साझेदारिताका बिषयमा प्रतिक्रिया दिँदै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले भन्नुभयो — बसोबासमैत्री सहर बनाउन हामी हरियाली बढाउँदै छौं । पार्क निर्माण तथा हरियाली प्रवर्धनकै लागि हामीले छिमेकी नगरहरुलाई पनि जनही १÷१ करोड रुपैयाँ अनुदान दिएका छौं । आफ्नो क्षेत्रभित्र पार्क निर्माण, वृक्षारोपणलगायतका काम हुँदैछन् । उहाँ थप्दै भन्नुहुन्छ — सार्वजनिक र खुल्ला स्थानमा पार्क निर्माण गर्ने कामसँगै साझेदारलाई सँगै लिएर सडक किनारालाई एकसमानको हरियाली बनाउँदैछौं । अहिलेको काम बन बिभाग र नेपाली सेनाको सहकार्यमा अघि बढेको हो ।

आजको वृक्षारोपणको अग्रसरता महानगरको सहरी योजना आयोगले लिएको हो । आयोगका उपाध्यक्ष सरोज बस्नेत भन्नुहुन्छ — नेपाली सेना र काठमाडौं महानगरपालिकाका बीचमा सहरी स्वास्थ्य, शिक्षा र वातावरणीय सुधारका ३ क्षेत्रमा साझेदारिमा आधारित कार्यक्रम सञ्चालनमा सम्भावना देखिएको छ । यीमध्ये महानगरको केन्द्रीय कार्यालय र नेपाली सेनाको मुख्यालय अगाडि बृक्षारोपण गरिएको हो । बस्नेतका अनुसार स्वास्थ्योपचार र शिक्षाको गुणस्तर सुधारका लागि कार्यक्रम छनौट अन्तिम चरणमा पुगेको छ । केही समयको अन्तरालमा नै सार्वजनिक हुनेछ । उहाँको थप भनाइ छ — दुवै निकायको मुख्य प्रवेशद्वारबाट त्रिपुरेश्वरतर्फ नेपाली सेनाको मुख्यालयतर्फको स्थानको सरसफाइ र सौन्दर्यीकरण गर्ने, यात्रुलाई बस्ने मेचको व्यवस्था गर्ने योजना छ । यसमा लगानी महानगरले गर्नेछ भने व्यवस्थापन नेपाली सेनाले गर्नेछ ।

अहिले वृक्षारोपण थालिएको क्षेत्रमा हरेक ३ मिटरको दुरीमा एउटा विरुवा रोपिनेछ । यस अघि रोपिएको बिरुवालाई सँगै संरक्षण गरिनेछ । यसका लागि महानगरको वातावरण व्यवस्थापन बिभागले ट्रि गार्डको व्यवस्था गर्नेछ ।

 

 

यसमा तपाइको मत