महानगरको उत्तरी क्षेत्रलाई केन्द्रीत गरेर धुम्बाराहीमा तरकारी बजार

किसान आफैं तरकारी बेच्न आउने भएकोले अन्य बजारको तुलनामा सस्तो भएको सञ्चालकको दावी

DSC_0711चन्द्रमणि भट्टराई
भाद्र २३

काठमाडौं । काठमाडौं महानगरको उत्तर क्षेत्रलाई केन्द्रमा राखेर धुम्बाराहीमा तरकारी तथा फलफुलको थोक तथा खुद्रा बजार सञ्चालनमा आएको छ । ६ रोपनी जग्गामा बजार र ४ रोपनी जग्गामा पार्किङ्सहित आइतबारबाट सञ्चालनमा ल्याइएको बजारमा पहिलो र दोश्रो दिनको औसत कारोबार १५ लाख रुपैयाँ दैनिक रहेको सञ्चालनकको भनाइ छ ।

DSC_0783हामी स्थानीयबासीलाई ताजा तरकारी, खाद्यबस्तु र बिचौलिया नभएको बजारमा पहुँच बढाउन चाहन्छौं । तरकारी बजारका बारेमा वडा ४ का अध्यक्ष मोहन बिष्ट भन्नुहुन्छ — ठूला बजारलाई सहरका बीचमा राख्नुहुँदैन । यो बजार चक्रपथको आडमा छ । यसको सिको अन्यत्र पनि गर्नुपर्छ, वडाध्यक्ष विष्टको भनाइ छ ।

काठमाडौंभरिका जनताले तरकारी किन्न कालीमाटी नै पुग्नु पर्नेकारण सहरमा सवारी आवागमनमा पनि चाप परेको छ । धुम्बारहीको तरकारी बजारले कम्तीमा गौशालादेखि चक्रपथ हुँदै बालाजुसम्मका उपभोक्तालाई सजिलो भएको छ, वडा ३ का अध्यक्ष दीपक के. सी भन्नुहुन्छ — बालाजु र कोटेश्वरमा पनि यसप्रकारका बजार चलाउनुपर्छ । यसले महानगरको छवि बढ्छ ।

बजार व्यवस्थापन र सामानको स्तरीयताका बारेमा सञ्चालक चित्रकुमार लोप्चन भन्नुहुन्छ — सरकारले किसान बजारको कल्पना गरेपछि हामीले यो बजार सञ्चालनमा ल्याएका हांैं । यहाँ व्यापारीले होइन, किसानले सामान लिएर आउँछन् र बेच्छन् । यसले गर्दा उपभोक्तालाई सुपथ मुल्यमा सामान प्राप्त हुन्छ भने किसानले सामानको उचित मुल्य पाउँछन् । उहाँका अनुसार बजारबाट उत्पादन भएको फोहोरलाई जैविक मल बनाएर किसानलाई फिर्ता गर्ने सोच छ ।

बजारमा मल तथा बीउ बिजन, माछा मासु तथा दुधजन्य खाद्यबस्तुलगायत भान्सामा आवश्यक सबै प्रकारमा सामानका लागि स्टल राखिएका छन् । अहिले तरकारीका लागि मात्रै २०० स्टल छन् । एउटा स्टल लिनका लागि ५ जना किसान अनिवार्य मिल्नु पर्ने प्राबधान राखिएको छ ।

 

 

 

 

यसमा तपाइको मत