जनकमान श्रेष्ठको बिगत जीवनमा आधारित ‘हराएको इतिहास’ सार्वजनिक

जनकमान विगत शासन अध्ययनका लागि खुल्ला पुस्तक, राजनीतिका गुरु — मेयर शाक्य

DSC_0437 (1)चन्द्रमणि भट्टराई
भाद्र २२

काठमाडौं । महानगरका प्रथम जननिर्वाचित मेयर जनकमान श्रेष्ठको विगत जीवन गाथामा आधारित ‘हराएको इतिहास’ आइतबार सार्वजनिक भएको छ । महानगरका मेयर बिद्यासुन्दर शाक्य, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, जनकमान श्रेष्ठ (जसका बारेमा पुस्तक लेखिएको हो), पत्रकार भैरव रिसाल र पुस्तकका सम्पादक बिकिल स्थापितले संयुक्त रुपमा पुस्तक लोकार्पण गर्नुभएको हो । पुस्तकमा उहाँको राजनीतिक र न्याय सेवाका उतारचढावलाई ३ खण्ड (क्रान्तिकारी युवादेखि मेयर जनकमान, बर्खास्त मेयरदेखि सम्माननीय न्यायाधीश र सहासी न्यायाधीशदेखि बर्खास्त अञ्चलाधीश) मा बिभाजन गरेर प्रस्तुत गरिएको छ ।

पुस्तक सार्वजनिक समारोहमा बोल्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — काठमाडौंका पहिलो जननिर्वाचित प्रमुख जनकमान स्वार्थबिनाको राजनीति सिक्ने गुरु भएको बताउँदै उहाँको प्रेरणाबाट आफूले राजनीतिमा सफलता प्राप्त गर्दै गइरहेको बताउनुभयो । राजनीतिक आधारमा व्यक्तिको क्षमतालाई आधात पु¥याएर काम गर्ने हिम्मतमा ठेस पु¥याउनु हुँदैन भन्ने उहाँको बिचारबाट म सधैंं प्रेरित छु । मेयर शाक्यले थप्दै भन्नुभयो — उहाँको स्मरण शक्ति अहिले पनि राम्रो छ । राम्ररी बोल्ने उहाँको क्षमताबाट राजनीति र प्रशासन क्षेत्रका व्यक्तिले अहिले पनि लाभ उठाउन सक्छन् । काठमाडौं महानगरपालिका अहिले पनि उहाँले देखाएको बाटोबाट हिँडिरहेको छ ।

DSC_0468कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले भन्नुभयो — यदि उहाँका बहुआयामिक पक्ष पुस्तकका रुपमा नआएको भए नेपाली राजनीति र न्यायले प्रतिपादन गरेको महत्वपूर्ण नजिरहरु समयको कालो धब्बामा बिलाएर गइसक्ने टिप्पणी गर्नुभयो । पुस्तक आफैंमा महत्वपूर्ण दस्तावेज हो । यसले जनकमान र उहाँको समयमा भएका महत्वपूर्ण अरु कामको खोजी गर्ने बाटो पनि देखाएको छ, शर्माको भनाइ थियो । त्यस अवसरमा बोल्दै बरिष्ट पत्रकार भैरव रिसालले भन्नुभयो — शासन व्यवस्था, राजनीति र न्यायिक प्रणालीको सन्तुलन कसरी मिलाउन सकिन्छ? जनकमानका पालामा भएका फैसला अध्ययन गर्नुपर्छ । यस्तो धेरै घटना दस्तावेजका रुपमा छरिएका छन् । तिनलाई बटुल्न सके नयाँ पुस्तालाई पाठ हुनेछ, रिसालको भनाइ थियो ।

जनकमानको परिचय काठमाडौंको पहिलो मेयर मात्र होइन । उहाँले न्याय सेवामा बसेर महत्वपूर्ण फैसला गर्नुभएको छ । तर, त्यो कुरा जति महत्वका साथ आउनु पथ्र्यो त्यसरी आएन । कार्यक्रममा पुस्तकका बारेमा चर्चा गर्दै सम्पादक बिकिल स्थापितले — पुस्तक चलनचल्तीमा आएकाभन्दा फरक शैली र स्वादमा रहेको बताउनुभयो । उहाँको इतिहास मूलधारबाट कता हरायो? अवस्था र व्यवस्थाप्रति गुनासो गर्दै सम्पादक स्थापितले, पुस्तकमा नअट्टाएका उहाँका जीवनका अन्य पाटा पनि क्रमशः सार्वजनिक गर्दै जाने बताउनुभयो ।

१९८५ साल मंसिर महिनामा जन्मनु भएका जनकमान जहानियाँ राणाशासनको अन्त्यपछि वि. सं. २००७ सालमा स्थापना भएको प्रजातन्त्र र त्यसपछि २०१० सालमा सम्पन्न काठमाडौं नगरपालिकाको निर्वाचनबाट निर्वाचनबाट निर्वाचित महिलो मेयर हुनुहुन्छ । नगर शुशासन र स्थानीय लोकतन्त्रका लागि काम गर्दा गर्दै राजनीतिक उतारचढाबबाट निर्वाचित भए पनि बर्खास्त हुनु परेपछि उहाँमा राजनीतिक बितृष्णा जागृत भयो । त्यसपछि उहाँ २०१६ सालमा न्याय सेवामा प्रवेश गर्नुभएको थियो । २०१६ सालमा चिसापानी इलाका अदालतको न्यायाधीशको नियुक्ति पाउनु भएका श्रेष्ठ, २०१७ सालको कु, कांग्रेस शसस्त्र बिद्रोह र चितवन कब्जा, नेपालको पहिलो सुपुर्दगी मुद्दालगायत धेरै घटनासँग सम्बन्धित जीवित साक्षी हुनुहुन्छ । बिश्वेश्वरप्रसाद कोइराला र गणेशमान सिंहको राजकाज मुद्दामा दुवैलाई अभियोगबाट मुक्त गर्ने न्यायाधीश उहाँ नै हुनुहुन्छ । सम्पादक स्थापितले उहाँका जीवनका हरेक प्रसङ्गलाई चाखलाग्दो विवरणमा प्रस्तुत गर्नुभएको छ ।

यसमा तपाइको मत