पर्व लक्षित सरसफाइका लागि निजी क्षेत्रसँग छलफलमा महानगर

अन्य समयभन्दा धेरै फोहोर उत्पादन हुने भएकोले बिशेष कार्यक्रम चलाउनु पर्ने — वातावरण विभाग

DSC_8786चन्द्रमणि भट्टराई
भाद्र १९

 

काठमाडौं । महानगरको वातावरण व्यवस्थापन बिभागले नजिकिँदो पर्व लक्षित सरसफाइलाई प्रभावकारी बनाउन निजी तथा सामुदायिक संघ संस्थालाई बोलाएर छलफल अघि बढाएको छ । अन्य समयका दाँजोमा जात्रा र पर्व बिशेष समयमा धेरै फोहोर उत्पादन हुन्छ । बिभागका प्रमुख हरिकुमार श्रेष्ठ भन्नुहुन्छ — काठमाडौंमा घरेलु फोहोर व्यवस्थापनमा सुधारको खाँचो छ । यो महानगर एक्लैले मात्र गरेर हुँदैन । जात्रा र पर्वमा तत्काल व्यवस्थापन गर्नुपर्छ । यसो नगरे फोहोर कुहिएर गन्हाउन थाल्छ । त्यसैले जसजसले जुन ठाउँमा फोहोर उठाउनु हुन्छ । त्यसलाई नियमित र व्यवस्थित बनाउनु प¥यो ।

DSC_8776छलफलमा फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख निर्मल बरालले — तोकिएको क्षेत्र र समयभित्र निजी क्षेत्रले फोहोर संकलन गरिदिए मात्र पनि समस्याको मात्रा घट्ने धारणा राख्नुभयो । त्यस्तै वातावरण प्रशासन महाशाखा प्रमुख सरस्वती पोख्रेलले — प्रशासनिक वा अन्य कुनै कारण देखाएर फोहोर संकलनमा रोकावट हुनु नहुने बताउनुभयो ।

वैठकमा निजी तथा सामुदायिक संघ संस्थाहरुकोतर्फबाट बोल्दै फोहोरमैला व्यवस्थापन संघका बरिष्ठ उपाध्यक्ष रामकुमार घिमिरेले फोहोर संकलन गर्ने काममा खटिने संघ संस्थालाई ट्रान्सफर स्टेशनको अभावमा व्यवस्थित काम गर्न कठिन परेको अनुभव सुनाउनुभयो भने महासचिव मीत्रप्रसाद घिमिरेले महानगरले क्लस्टर छुट््याएर क्षमताका आधारमा काम गर्न सक्नेलाई जिम्मेवारी दिए, आफूहरुलाई समस्या नहुने बताउनुभयो ।

बैठकमा लगानी बोर्डबाट निर्णय भएर निजी क्षेत्र फोहोर व्यवस्थापनमा नआउञ्जेल अहिले नै काम गरिरहेका संघ संस्थालाई कसरी जिम्मेवार बनाउने? काममा एक रुपता कसरी कायम गराउने? महानगरको मापदण्ड र करको दायरामा कसरी व्यवस्थित गर्ने बिषयलाई प्रमुख मुद्दाका रुपमा उठाइएको थियो । यस बिषयमा निजी तथा सामुदायिक संघ संस्थाका प्रतिनिधिले प्रतिस्पर्धाका आधारमा योग्यलाई जिम्मेवारी दिने बिषयमा आफूहरु मञ्जुर रहेको धारणा राखेका थिए ।

 

 

यसमा तपाइको मत