महानगरका मेयर शाक्य र ढाका नर्थ सिटी कर्पोरेसनका मेयर इस्लामबीच शिष्टाचार भेट

सांस्कृतिक र व्यापारिक तथा खेलकुदका माध्यमबाट नागरिक सम्बन्ध बढाउने बिषयमा भेट केन्द्रीत

DSC_5968चन्द्रमणि भट्टराई
भाद्र ०८

काठमाडौं । बंगालादेशको ढाका उत्तर सहर निगम (ढाका नर्थ सिटि कर्पोरेसन)का मेयर मोहम्मद आतिकुल इस्लामले महानगरका मेयर बिद्यासुन्दर शाक्यसँग शिष्टाचार भेट गर्नुभएको छ । भेटका क्रममा महानगरका प्रमुख शाक्यले — काठमाडौं महानगरपालिकाले छिमेकी नगरसँगको सहकार्यमा उपत्यकाको खुल्ला जग्गा संरक्षण, हरियाली प्रबर्धन र वातावरणीय सुधारका क्षेत्रमा काम गरिरहेको प्रसङ्ग उल्लेख गर्दै, सहभागिताबाट एकीकृत बिकास लक्ष्य पूरा गर्न सकिने बताउनुभयो । हामी अन्तरराष्ट्रिय सहरहरुसँगको सम्बन्धबाट सहरी बिकासका आयाम र सहरी व्यवस्थापनका थप सीप सिकिरहेका छौंं । यसरी सिकेका ज्ञान र सीपबाट नागरिकको जीवनमा प्रत्यक्ष लाभ होस् भन्ने हाम्रो चाहना हो । मेयर शाक्यले जोड दिनुभयो ।

DSC_5954बंगालादेश र नेपालबीचको सांस्कृतिक समानता, रहनसहनमा भएको समानता आपसी हित प्रबर्धनका आधार हुन्, मेयर शाक्यले बताउनुभयो ।

त्यसक्रममा बंगालादेश भलिबल फेडरेसनको अध्यक्षसमेत रहनुभएका मेयर इस्लामले ढाका नर्थ सिटी कर्पोरेसनले भोगेको खराब अनुभव, काठमाडौंका लागि असल सिकाइ हुन सक्छ । हाम्रा समस्या र हामीले प्रबन्ध गरेका समाधानका उपाय अध्ययन गर्नुभयो भने काठमाडौंले त्यस्तै खालका समस्या भाग्नु पर्दैन । हामी तपाईहरुलाई फोहोर पानी प्रशोधन, घरेल फोहोर व्यवस्थापन, गज्जा बिकास तथा सहरी योजनाका बिषयमा हाम्रा भोगाइ देखाउन र बुझाउन सक्छौं । बंगालादेश र नेपालका जनताबीच पनि सम्बन्ध छ । मेयर इस्लामले व्यापारिक सम्बन्ध् उल्लेख गर्दै थप्नुभयो — बंगालादेशमा धेरै नेपाली बिद्यार्थी चिकित्सा शास्त्र अध्ययन गर्छन् । हाम्रा देशमा तयार भएका फर्निचरको नेपालमा राम्रो व्यापार छ । यो सम्बन्धलाई अब खेलकुदबाट पनि जोड्नुपर्छ ।

भेटका क्रममा नेपालका लागि बंगालादेशकी राजदूत मास्फी बिन्तेले भन्नुभयो — बंगालादेश र नेपालका सहरी यात
यात व्यवस्थापनमा उस्तै समस्या छ । यसमा आपसी कार्यक्रम सञ्चालन गरियो भने परिणाम ल्याउन सजिलो हुन्छ । बंगालादेशमा हरियो भन्ने ठाउँ नै सकिन लाग्यो । काठमाडौंले अझै सुधार गर्न सक्छ, राजदूत बिन्तेले साझा कार्यक्रम हुने ठाउँ देखाउनुभयो ।

भदौ २ देखि ७ गतेसम्म लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सम्पन्न एशियन भलिबल कन्फेडेरेसन (एभिसि) प्रतियोगिताका क्रममा मेयर इस्लाम नेपाल आउनुभएको थियो ।

यसमा तपाइको मत