भित्री ३ वटा वडाबाट कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै संकलन र व्यवस्थापन शुरु

कुहिने फोहोरलाई खाल्टामा राखेर मल बनाइने

DSC_6291चन्द्रमणि भट्टराई
भाद्र ०८

काठमाडौं । आजबाट महानगरले भित्री ३ वटा वडा (१२, १८ र २१)को घरेलु फोहोरलाई कुहिने र नकुहिने छट््याएर संकलन शुरु गरेको छ । यसरी छुट््याइएको फोहोरमध्ये आइतबार, मंगलबार, बिहीबार र शनिबार हप्ताको ४ दिन कुहिने र सोमबार र बुधबार २ दिन नकुहिने फोहोर संकलन गरिनेछ ।

वडाबासीलाई यो योजनाबा बिषयमा जानकारी दिन आइतबार वडा १८ ले आयोजना गरेको सचेतनामुलक ¥याली समापनका अवसरमा वडाध्यक्ष न्हुच्छेकाजी महर्जनलले भन्नुभयो — कुहिने फोहोर लिन हरियो रङ्ग लगाइएको र नकुहिने फोहोर लिन रातो रङ्ग लगाएको गाडी पठाइनेछ । घरायसी कामबाट उत्पादन भएको कुहिने फोहोर छुट्टै भाँडामा जम्मा गर्नु र नकुहिने फोहोर छुट्टैमा राख्नु । वडाध्यक्ष महर्जनले वडाबासीसँग आग्रह गर्दै भन्नुभयो — हरियो रङ्ग भएको गाडी आयो भने कुहिने फोहोर निकाल्नु । रातो रङ्ग लगाएको गाडी आयो भने, नकुहिने फोहोर निकाल्नु । हामी सबै मिलेर वडालाई सफा र सुन्दर बनाउनुपर्छ ।

यस वडामा फोहोरलाई श्रोतमा तहह लगाउन कौसी तरकारी खेती तालिम दिइएको छ भने, कुहिने फोहोरलाई मल बनाउन कम्पोष्ट बिन प्रयोग बिधि सिकाइएको छ । वडाबासीहरुहरु आफैं पनि फोहोर व्यवस्थापनमा जिम्मेवार हुन थालेका छन् । महानगरले बितरण गरेको कम्पोष्ट बिनको प्रयोगमा वडाबासी अभ्यस्त हुन थालेका छन् । वातावरण व्यवस्थापन बिभाग समुदाय परिचालन शाखा प्रमुख सानुमैयाँ महर्जन भन्नुहुन्छ — १८ वडाका ७५ जनाले भर्खर मात्र बिन खरिद गरेर ल्याउनु भएको छ । यसरी बिन ल्याउने बडाबासी भन्नुहुन्छ — हामीसँग महानगरलाई दिन कुहिने फोहोर नै छैन ।

फोहोरमैला व्यवस्थापन ऐन २०६८ ले फोहोर उत्पादनकलाई व्यवस्थापनमा जिम्मेवार बनाएको छ । यो व्यबस्थालाई नागरिकसँगै मिलेर कार्यान्वयन गर्ने हाम्रो प्रयास हो । वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठ भन्नुहुन्छ — नागरिकले कुहिने र नकुहिने फोहोरलाई छुट््याएर राखिदिनुभयो भने हामी छुट्टाछुट्टै संकलन, ढुवानी र अन्तिम व्यवस्थापन गर्छौ । अहिले नमूनाका रुपमा ३ वटा वडामा काम थालेका हौं । यी वडाबाट उठाइने कुहिने फोहोर हमी ल्याण्डफिल्ड साइटमा पठाउँदैनौं । अहिले खाल्टे मलका रुपमा बिकास गर्नेछौं । टेकु ट्रान्सफर साइट नकिज जैबिक फोहोर राख्ने खाल्टो तयार भइसकेको छ । श्रेष्ठ थप्दै भन्नुहुन्छ — यो अभ्यासबाट परिणाम देखिन थालेपछि क्रमशः प्रबिधिसँग अन्तरसम्बन्धित बनाएर फोहोर व्यवस्थापनको दिगो समाधान खोज्छौं । अहिलेको हाम्रो प्रयास भनेको भान्छावाट फोहोर व्यवस्थापनमा सहभागितामुलक समाधान खोज्नु हो ।

काठमाडौं महानगरबाट उत्पादन हुने दैनिक करीब ५१६ मेट्रिक टनसहित उपत्यकाबाट दैनिक करीब १,०४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ । यसरी उत्पादन हुने फोहोर नगरपालिकाहरुसँगै केही निजी कम्पनी तथा गैर सरकारी संघसंस्थाले संकलन र ढुवानी गरेर अन्तिम व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइट पु¥याउँछन् । संकलित फोहोरमध्ये नेम्सेम्याकले ३ मेट्रिक टन जैबिक फोहोरलाई मल बनाउँछ । अन्यको प्रयास देखिने मात्रामा छैन । बसैले फोहोर संकलन गरेपछि ढुवानी गरेर अन्तिम व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइटमै पु¥याउने हो ।

यो प्रणालीमा सुधार गरेर संकलित फोहोरको करीब ६० प्रतिशत जैबिक फोहोरलाई कम्पोष्ट प्लान्टको माध्यमवाट कम्पोष्ट मलमा रुपान्तरण गर्ने, नकुहिने करीब ४० प्रतिशतमध्ये ३० प्रतिशत कवाडीको रुपमा पुनः प्रयोग गरी विक्री वितरण गर्ने र वाँकी १० प्रतिशत, कामै नलाग्ने फोहोरवस्तुलाई मात्र अन्तिम व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइटमा पु¥याउने महानगरको योजना हो । कार्यक्रमका बारेमा थप जानकारी दिँदै बिभागका प्रमुख श्रेष्ठ भन्नुहुन्छ — यहाँबाट सिकेको कुरा हामी क्रमशः सबै वडामा बिस्तार गर्दै लानेछौं ।

 



यसमा तपाइको मत