सहरलाई समृद्ध बनाउन सबैले जिम्मेवारी पूरा गर्नुपर्छ — मेयर शाक्य

DSC_4960चन्द्रमणि भट्टराई
भाद्र २

काठमाडौं । सहरी सुरक्षा र व्यवस्थाका लागि नागरिक, सहरी योजनाकार, बौद्धिकबर्ग, कर्मचारी तथा जनप्रतिनिधिसँगै क्षेत्रगत प्रतिनिधिहरुले समान रुपमा जिम्मेवारी पूरा गर्नु पर्ने बताउँदै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — सम्पन्न कामबाट सन्तुष्टि हुनु पर्ने बताउनुभएको छ । आज सहरी योजना आयोगमा आयोजना गरिएको सहायक बिज्ञहरुको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा बोल्दै मेयर शाक्यले भन्नुभयो — अपेक्षा सबैका आफ्ना आफ्ना छन् । प्राप्त परिणाममा म पनि सन्तुष्ट छैन । यसलाई मिलेर सुधार गर्नुपर्छ ।

क्षेत्रगत रुपमा नियुक्त १० जना सहायक बिज्ञलाई पद तथा गोपनीयताको शपथ गराउँदै सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले भन्नुभयो — मेयर साबले चुनाबको बेला जनतासँग गरेको प्रतिज्ञा पूरा गराउने योजनालाई कार्यान्वयन चरणमा पु¥याउन आयोग सक्रिय रहेको बताउनुभयो । यसमा आयोगसँग आवद्ध सबैले इमान्दारिताका साथ काम गर्नुपर्छ, उपाध्यक्ष बस्नेतको भनाइ थियो ।

आज सहायक बिज्ञका रुपमा पद तथा गोपनीयताको शपथ गर्नेमा सञ्चारतर्फ मणिराज बास्तोला र सुरेश मानन्धर हुनुहुन्छ । त्यस्तै सहरी योजनातर्फ आर्किटेक्ट इञ्जिनियरहरु निलिमा थापा श्रेष्ठ, रजिता शाक्य उदास हुनुहुन्छ । यसै गरी सिभिल इञ्जिनियर प्रतिक्षा राई, सामाजिक कार्यतर्फ सुनिता डंगोल, दिगो बिकासतर्फ गुञ्जन खनाल, सामाजिक बिकासतर्फ कपिल फुयाँल, वातावरण इञ्जिनियर जयश्री राजभण्डारी र संस्कृति पर्यटन तथा पुरातत्वतर्फ सन्ध्या बज्राचार्य हुनुहुन्छ ।

यसमा तपाइको मत