‘मुगः द्योः छेँः’ पुननिर्माण सम्पन्न

पुननिर्माणको खर्च ६७ लाख ४ हजार २८८ रुपैयाँ, मङ्गलबार प्राण प्रतिष्ठा गरियो

DSC_3088चन्द्रमणि भट्टराई
साउन २८

काठमाडौं । वडा नंं २२ टेबहाल, राजकृति महाबिहारस्थित अक्षोभ्य तथागत (मुगः द्योः छेँः) को आजै पुननिर्माण कार्य सम्पन्न भएको छ । श्री संकटा संरक्षण तथा व्यवस्थापन समितिको अगुवाईमा सम्पन्न पुननिर्माणका लागि काठमाडौं महानगरपालिकाले २२ लाख २४ हजार ९४६ रुपैयाँ उपलब्ध गराएको थियो । त्यस्तै काठमाडौं क्षेत्र नं. ९ का संघीय संसद सदस्य कृष्णगोपाल श्रेष्ठमार्फत संसद बिकास कोषबाट कोषबाट ८ लाख ११ हजार ९४० रुपैयाँ र उपभोक्ता समितिबाट ३६ लाख ६७ हजार ४०२ रुपैयाँ जम्मा भएको थियो । यसको पुननिर्माणका लागि २८ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो ।

DSC_3175प्यागोडा शैलीको १ तले संरचनाका रुपमा पुननिर्माण भएको यो बिहार १४ फिट लम्बाई र १४ फिट चौडाई क्षेत्रफलमा छ ।

पुननिर्माण अवसरमा बोल्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — टेबहाल क्षेत्रभित्र भएका सम्पदाको चाँडो पुननिर्माण सम्पन्न गरेर भ्रमण बर्ष २०२० का लागि आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनाइने बताउनुभयो । आज हामीले मिलेर माुग द्योः छेँः को पुननिर्माण सम्पन्न गरेका छौं, उहाँले थप्दै भन्नुभयो — अब क्वापाः द्योः छेँ र संकटा मन्दिर (पाल्हाःद्यो) को पुननिर्माण तत्का थालौं ।

DSC_3141सम्पदा पुननिर्माणका लागि संघ र प्रदेश सरकार, महानगर र वडा, उपभोक्ता समिति र शुभेच्छुक सबैबाट प्राप्त रकमलाई एकै ठाउँमा जम्मा गरेर एउटै बाटोबाट खर्च गर्नुपर्छ । यसले पारदर्शिता र जवाफदेहिता बढ्छ । मेयर शाक्यको भनाइ थियो । सोही कार्यक्रममा बोल्दै महानगरको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले — मुगः द्योः छेँ पुननिर्माणले आगामी दिनमा राम्ररी काम गर्न सकिन्छ भन्ने सन्देश दिएको धारणा राख्नुभयो । यसमा अनुमान गरिएकोभन्दा केही बढी रकम खर्च भयो । त्यसपछाडि नयाँ निर्माण सामाग्रीको प्रयोग कसरी गर्नुपर्छ भन्ने पाठ पनि छ । त्यसैले बाँकी काम गर्न सजिलो भएको छ, उपाध्यक्ष बस्नेतको भनाइ छ ।

DSC_3257कार्यक्रममा बोल्दै पुननिर्माण समितिका सचिव माणिकरत्न स्थापितले — मुग द्योः छेँ पुननिर्माणमा लागेको खर्चको विवरण प्रस्तुत गर्दै अब पुननिर्माण हुने संकटा मन्दिर (पाल्हाःद्यो) का लागि ५ करोड रुपैयाँ र क्वापाः द्योः छेँका लागि ९९ लाख रुपैयाँ लागत अनुमान गरिएको बताउनुभयो । यी दुई संरचना पुननिर्माण भइसकेपछि टेबहाल क्षेत्रमा सौन्दर्यीकरण र पर्यटन व्यवस्थापनको मात्र काम बाँकी हुनेछ, स्थापितको भनाइ छ ।

समारोहमा संघीय संसद सदस्य कृष्णगोपाल श्रेष्ठ, प्रदेश संसद सदस्य राजेशकाजी शाक्य र अजयक्रान्ति शाक्य, वडाध्यक्ष चिनीकाजी महर्जनसहित स्थानीयको बाक्लो उपस्थिति थियो ।

टेबहालस्थित संकटा मन्दिर दिनदशा र आपत्बिपद्को संकट टार्ने भगवानका रुपमा चिनिन्छ । कलिगत सम्बत् ३६०६ अर्थात् बि. सं. ५६२ (ईस्वी सम्बत् ५०५) मा बन्धुदत्त बज्राचार्यले यो मन्दिरको स्थापना गर्न लगाएको मानिन्छ । दुःखबाट छुटकारा पाउन पूजा आराधना, ग्रह जप तथा पाठ गराइने यस मन्दिरलाई २०७२ सालको भूकम्पले आंशिक क्षति पु¥याएको छ । मन्दिरको भित्रि भाग चर्किएको छ ।

 

 

Tags

#Tebahal

यसमा तपाइको मत