यो बर्ष महानगरको अभियान — सम्पदा संरक्षण तथा सम्बर्धन, पर्यटन प्रवर्धनका लागि पूर्वाधार

DSC_0092चन्द्रमणि भट्टराई
साउन १९

काठमाडौं । चालु आर्थिक बर्षलाई काठमाडौं महानगरपालिकाले ‘सम्पदा संरक्षण तथा सम्बर्धन पर्यटन प्रवर्धनका लागि पूर्वाधार’ बर्षका रुपमा लिएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर स्थानीय मूर्त अमूर्त कला, संस्कार संस्कृति र परम्परा, भाषा कला र साहित्यको खोजी गर्ने, जोगाउने काममा लाग्न यो अभियान शुरु गरिएको हो । महानगरको संस्कृति तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जन भन्नुहुन्छ — हामी हराएका सम्पदा खोज्छौं, हराउने चरणमा पुगेकोको अभिलेख उतारेर पुनस्र्थापनामा लाग्छौं, जीर्णलाई मर्मत सम्भार गर्छौ र दुरुस्त अवस्थामा भएकालाई प्रचार प्रसार गरेर पर्यटन प्रवर्धन गर्छौ । सम्पदा, पर्यटन र स्थानीय जीविकोपार्जनलाई अन्तरसम्बन्धित बनाएर समृद्धितिर लाग्ने हाम्रो योजना हो ।

कार्यक्रम सञ्चालन गर्न बिस्तृत योजना तयार पार्दैछौं । समितिबाट स्वीकृत भएका योजना मेयर साबकोमा लान्छौं । कतिपय कार्यपालिकासम्म पनि पु¥याउनु पर्ने हुन्छ । संयोजक महर्जन भन्नुहुन्छ — अहिले हामी आवश्यकताका आधारमा प्रक्रिया पूरा गर्ने चरणमा छौं । यसपछि स्वीकृत योजना कार्यान्वयनको चरणमा जान्छौं ।

यसका बिषयमा बार्षिक नीति कार्यक्रममा भनिएको छ — “महानगरवासीको आवश्यकता र चाहनालाई आत्मसात गर्दै हरेक बर्ष विकासका नयाँ अभियान सञ्चालनमा ल्याइनेछन् । जस अनुसार आगामी आर्थिक बर्ष (२०७६÷०७७ को नीति आर्थिक बर्ष शुरु हुन अगावै सभाबाट स्वीकृत गरिएकोले आगामी बर्ष भनिएको) को अभियान सम्पदा संरक्षण तथा सम्बर्धन र पर्यटन प्रवर्धनका लागि पूर्वाधार विकास वर्ष हुनेछ ।”


राज्यको लोककल्याणकारी अवधारणा, संविधानले परिकल्पना गरेको समाजवादतर्पmका यात्रा, नेपाल सरकारले लिएको “समृद्ध नेपाल सुखी नेपाली” बनाउने दीर्घकालीन सोच समेतका आधारमा महानगरले बार्षिक नीति तथा कार्यक्रमबाट आर्थिक, सामाजिक र सांस्कृतिक बिकास र पछाडि परेका तथा पारिएका समुदायहरुलाई केन्द्रमा राखेर कार्यक्रम नीति तय गरेको छ । यी नीति तथा कार्यक्रम तय गर्दा नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, बिषयगत कानूनहरु, काठमाडौं महानगरपालिकाको आर्थिक बर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम र कार्यान्वयनको अवस्था, नेपाल सरकार तथा प्रदेश सरकारको नीति तथा कार्यक्रम, पन्ध्रौ योजना, प्रदेश ३ को आवधिक योजना, दिगो विकास लक्ष्यलाई आधार बनाइएको छ ।

महानगरका नीतिहरु

नीतिमा सुशासन लोकतन्त्रको आधार स्तम्भ मानेर महानगरपालिकाका कामहरुमा पारदर्शिता, आर्थिक अनुशासन तथा सामाजिक न्यायलाई अङ्गीकार गर्ने र भष्टाचारमुक्त बिधिको शासनलाई सुनिश्चित गर्ने कुरा उल्लेख छ । त्यस्तै स्थानीय जनताको जीवनस्तर माथि उकास्न स्थानीय ज्ञान, सीप र क्षमतालाई प्रश्रय दिने, राष्ट्रका सांस्कृतिक धरोहर मानिने सम्पदा र संस्कृतिलाई सम्वर्धन एवं प्रबद्र्धन गर्ने नीतिबाट महानगरपालिकाका कार्यक्रमहरु निर्देशित हुनेछन् । महानगरका भौतिक तथा सामाजिक उत्थानका योजनाहरु बनाउँदा बातावरणीय, जलवायु परिवर्तन तथा उत्थानशीलतालाई ध्यानमा राखिएको छ । महानगर निर्माणका काममा समुदाय, सहकारी, गैरसरकारी तथा निजी क्षेत्रलगायत साझेदार संघसंस्थाहरुको सहकार्यलाई आत्मसात गर्दै सहभागितामूलक साझेदारीलाई प्रश्रय दिने र बहुलगानीको सम्भावना बढाउने कामलाई प्राथमिकतामा राखिएको छ ।

Basantapur 3काठमाडौं महानगरपालिकाको नीति तथा योजना तयार गर्न र त्यसका कार्यान्वयनमा सहयोग गर्न सहरी योजना आयोगको भूमिकालाई शशक्त र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ । आयोगले स्थानीय तथ्याङ्क र अभिलेख संकलन गर्न, स्थानीयस्तरका विकास आयोजना तथा परियोजनाहरुको अध्ययन, अनुसन्धान, विश्लेषण, अनुगमन, सुपरीवेक्षण तथा मूल्याङ्कन गर्नजस्ता काम गर्नेछ । त्यस्तै स्थानीय अभिलेख ब्यबस्थापन गर्न, शहरी विकास तथा व्यवस्थापन एवं सुशासनका क्षेत्रमा सशक्तीकरणका कार्यक्रमहरु सञ्चालन गर्न तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिमका अधिकारहरुका कार्यान्वयनमार्पmत महानगरपालिकाको समृद्धि एवं सन्तुलित र दिगो विकासका कामलाई तीब्रता दिन सहजीकरण गर्नेछ ।


शहरी शासन प्रवर्धनका लागि आवश्यक कानूनी प्रवन्धहरु (ऐन, नियमावली, कार्यविधि, मापदण्ड, निर्देशिका, दिग्दर्शन आदि), दीर्घकालीन, आवधिक र विषय क्षेत्रगत योजना, प्रोजेक्ट बैंक, गुरुयोजना तथा नीतिहरु तर्जुमा हुनेछन् । त्यस्तै महानगरवासीको जीवन पद्धतिमा अर्थपूर्ण परिवर्तन आउन सक्ने परियोजनाहरुलाई बिशेष महत्वका आयोजना मानिनेछन् । यस्ता आयोजनाहरु आगामी तीन बर्षभित्रमा आधारभूत रुपमा सम्पन्न गरिनेछन् । यसरी सञ्चालन गरिने आयोजनाहरुमा बालाज बाईसधारा उद्यानलाई सांस्कृतिक तथा धार्मिक पार्कका रुपमा स्तरोन्नति गर्ने, महानगर क्षेत्र भइ बग्ने नदी सम्पदाको सुदृढीकरण गर्नेलगायत छन् । त्यस्तै महानगरको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने, भर्टिकल स्मार्ट पार्किंङ्, पर्यटन पद मार्ग, कोटेश्वर तीनकुनेमा बुद्धपार्क र मेगा हल निर्माण गरिनेछ । त्यस्तै फोहरमैलाको दिगो ब्यवस्थापनका संयन्त्र तयार पारिनेछ भने सहरी यातायात व्यवस्थापनका लागि मोनोरेल निर्माण र सञ्चालन गरिनेछ ।

यसमा तपाइको मत