मेयर शाक्य चीन प्रस्थान

भ्रमणका क्रममा चिनियाँ अधिकारीहरुसँग उद्योग, पर्यटन, व्यापार, शिक्षालगायत बिषयमा छलफल हुने

 

DSC_1365चन्द्रमणि भट्टराई
साउन १२

 

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्य आइतबार चीन प्रस्थान गर्नुभएको छ । उहाँ साउन २१ गते मंगलबार स्वदेश फर्कनु हुनेछ । मेयर शाक्यसँग वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठ, वडा २८ का अध्यक्ष भाइराम खड्गी, कार्यपालिका सदस्यहरु हीरादेवी पोख्रेल, रश्मी खड्का, प्रशासन महाशाखा प्रमुख गणेशप्रसाद थपलिया, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका शाखा अधिकृत यम बसेलसहितको टोली सहभागी छ ।

ल्हासा नगरको निम्तोमा चीन प्रस्थान गरेको टोलीले उच्च स्तरीय भेटघाटसँगै तिब्बतको पोटाला दरबार, जोखाङ् मन्दिर, सेरा मोनाष्ट्रीलगायतका क्षेत्रको अवलोकन गर्नेछ । त्यस्तै ल्हासास्थित ४,७१८ मिटर उचाइमा रहेको स्थानीय पर्यटकीय गन्तव्य नाम्को तालमा पुगेर पर्यटकीय व्यवस्थापनको अवलोकन गर्नेछ । ल्हासाको प्राबिधिक शिक्षा, औद्योगिक इन्क्युवेटर अवलोकन गर्ने तथा नगरका अधिकारीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

टोली छेन्दु पुगेर हाइ स्पिड रेलबाट सुछोउ प्रस्थान गर्ने कार्यक्रम पनि छ । त्यहाँ औद्योगिक पार्क र हाइ टेक इन्डष्ट्रियल बिकास क्षेत्र, संग्रहालयलगायतका क्षेत्रको अवलोकन हुनेछ ।

भ्रमणमा निस्कनु अघि मेयर शाक्यले — दुई नगरबीचको वाणिज्य सम्बन्ध, पर्यटन, शिक्षा तथा संस्कृति आदान प्रदान गर्ने बिषय भेटका मुख्य बिषय हुने बताउनुभयो ।  त्यस्तै नगर—नगरबीचको सम्बन्धलाई जनस्तरमा पु¥याउने कार्यक्रमलाई पनि छलफलका क्रममा प्राथमिकतामा राखिनेछन् । ।

 

 

यसमा तपाइको मत