महानगरबासीलाई असोज मसान्तसम्म सम्पत्ति करमा १० प्रतिशत छुट

वडाहरुमा करदाताको धुइँचो


DSC_0463चन्द्रमणि भट्टराई
साउन ०७

काठमाडौं । महानगरको वडा ९ कार्यालयमा अहिले दैनिक औसतमा २०० जना सेवा ग्राही आउने गरेका छन् । महानगरले लिने स्थानीय कर शीर्षकमध्ये — सम्पत्ति करमा असोज मसान्तसम्म १० प्रतिशत छुट प्रदान गरिएकोले महानगरका सबै वडामा अहिले करदाताको भीड हुने गरेको छ । सम्पत्ति करमा दिइएको छुटसँगै यस बर्ष करको दायरा बढाउने उद्देश्यले बिगत बर्षमा करवापत्को बक्यौता रकममा जरिवाना नलिने निर्णय गरिएको राजस्व बिभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिनुभयो ।

DSC_0453वडा ९ का अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठ भन्नुहुन्छ — अरुबेला औसत दैनिक १०० जना सेवाग्राही सेवा लिन वडामा आउनुहुन्छ । साउन र भदौ महिनामा महानगरले दिएको कर छुटका कारण सेवाग्राहीको संख्या बढी हुन्छ । उहाँकाअनुसार अहिले करदाताबाहेक जग्गाको किचलो परेर मिलाइ माग्न आउने, लेनदेन नमिलेर उजुरी बोकेर आउने, घरायसी बिबाद बोकेर आउने सेवाग्राहीको संख्या पनि उल्लेख्य हुन्छ । ‘अहिले त वडाले वकिलको काम पनि गर्नुपर्छ, प्रहरीको काम पनि गर्नुपर्छ ।’ वडाध्यक्षले कार्यक्षेत्र बारे अनुभव सुनाउनुभयो । वडाले साउनको २० गतेपछि भौतिक पूर्वाधारका काम थाल्ने भएको छ । अहिले महानगरबाट निकासा आएको छैन । जनताबाट आएका बिकासका निवेदन बटुलेर राखेका छौं । निकासा आएपछि काम थाल्छौं । वडाध्यक्ष श्रेष्ठले आगामी योजना सुनाउनुभयो ।

यस वडामा करीव १० हजार घरधुरी छन् भने स्थायी र अस्थायी गरी करीब ९० हजार व्यक्ति बसोबास गर्छन् । वडा सदस्य सृजना भेटवाल खरेलका अनुसार वडाका प्राथमिक बिकास आवश्यकता भनेको नै ढुङ्गेधारा, पाटी पौवाको मर्मत सम्भार तथा संरक्षण, सडक तथा ढल निकास, खानेपानी र फोहोरमैला व्यवस्थापन हुन् ।

DSC_0449

 

करछुट सम्बन्धी केही व्यवस्था

 

महानगरले यस बर्ष करको दरमा वृद्धि गरेको छैन । करको दायरा बढाउने उद्देश्यले बक्यौता हुने करदातालार्य जरिवाना छुट गरेको छ । राजस्व बिभागका प्रमुख न्यौपानेका अनुसार — क बर्गका भूकम्पबाट प्रभावित घरधनीलाई पहिले जत्रै आवासीय घर बनाउँदा लाग्ने नक्सापास दस्तुरमा पूरै छुट दिएको छ । त्यस्तै यदि कसैले व्यक्तिगत सम्पत्तिमा सार्वजनिक पार्किङ्का लागि स्थान उपलब्ध गराउँछ भने उसलाई सम्पत्ति करमा लाग्ने कर ५ बर्षका लागि छुट हुने व्यवस्था गरिएको छ । बहाल करबाट बार्षिक १ लाख रुपैयाँसम्म मात्र आम्दानी हुनेलाई बहाल करमा छुट दिइएको छ । नयाँ घर बनाउँदै कसैले परम्परागत शैली अबलम्बन गर्छ भने उसलाई नक्सा स्वीकृतिमा लाग्ने दस्तुरमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । धारा, बत्ती जडान गर्न शिफारिस लिन आउने करदाताले आफ्नो घर २१ सालको नापी नक्सामा घर उल्लेख भएको देखाउन सके १ हजार रुपैयाँमा शिफारिस दिने निर्णय गरिएको छ । अन्यले लागि यस शिफारिसका लागि ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ ।

यसमा तपाइको मत