उपप्रमुखको स्वास्थ्य परीक्षण गर्दा जटिल समस्या देखिएन

DSC_7840चन्द्रमणि भट्टराई
असार २२

काठमाडौं । महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले — आफूलाई कुनै पनि जटिल खालका रोग वा समस्या देखिएको बताउनुभएको छ । असार १९ गते राष्ट्रिय सभा गृहमा भएको बजेट छलफल सम्बन्धी बैठकमा सहभागी भएकै बेला उहाँले शारीरिक रुपमा असजिलो भएपछि स्वास्थ्य उपचारका लागि नर्भिक अस्पताल जानुभएकी उपप्रमुखले आइतबार बिहान आफ्नो स्वास्थ्य अवस्थाका बिषयमा प्रतिक्रिया दिनुभएको हो । त्यसबेला छातीमा असजिलो भएको थियो । त्यसपछि अस्पताल आएँ । अस्पताल आएका बेला निगरानी गरेर हेरौं । परीक्षण पनि गरौं भनेर डाक्टरले सल्लाह दिएपछि मुटु र नसा सम्बन्धी परीक्षण गरियो । उपमेयर श्रेष्ठले भन्नुभयो — मुटु र नसा सम्बन्धि कुनै समस्या देखिएन । रक्तचाप ठीक छ । रगतमा डाइबेटिज पनि देखिएन । डाक्टरबाट, तनाबका कारण सरीरमा असजिलो महसुस भएको र केही दिनको आरामबाट आफै ठीक हुने सुझाव पाएको उपप्रमुखले बताउनुभयो ।

कार्यालय कहिलेबाट जानुहुन्छ भन्ने प्रश्नको उत्तरमा उपप्रमुखले भन्नुभयो — एन्टिबायोटिक जस्ता जटिल खालका कुनै औषधि चलाएको छैन । आराम गरेर बिसेक हुने कुरा हो । एक दुई दिन आराम गरेर फर्किन्छु ।

उहाँ अस्पताल भर्ना भएको दिन महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले भेटेर स्वास्थ्य अवस्थाका बिषयमा जानकारी लिनुभएको थियो । त्यस्तै शनिवार पनि अस्पताल पुग्नुभएको थियो ।

 

 

यसमा तपाइको मत