उपप्रमुखको स्वास्थ्य अवस्था सामान्यः आज साँझसम्ममा डिस्चार्ज हुने सम्भावना

चन्द्रमणि भट्टराई
असार २०

काठमाडौं । महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य छ । हिजो (बिहीबार) बेलुकी राष्ट्रिय सभा गृहमा आउँदो आर्थिक बर्षका लागि बजेट तयारीको सिलसिलामा आयोजना गरिएको बैठकमा सहभागी भएका बेला उहाँले शारीरिक रुपमा असजिलो महसुस गर्नुभएको थियो । त्यसपछि नर्भिक अस्पताल थापाथली लगिएको थियो । अस्पतालले प्रारम्भिक स्वास्थ्य परीक्षणका क्रममा २४ घण्टा चिकित्सकको निगरानीमा रहन भनेपछि अस्पतालमा भर्ना गरिएको थियो ।

उहाँलाई अस्पताल लगेपछि बिहीबार बेलुकी नै महानगरका प्रमुख बिद्यासुन्दर शाक्य अस्पताल पुगेर स्वास्थ्य अवस्थाका बिषयमा जानकारी लिनुभएको थियो । उपप्रमुख खड्गी श्रेष्ठको स्वास्थ्य अवस्थाका बिषयमा जानकारी दिँदै उहाँका श्रीमान् प्रकाश खड्गी भन्नुहुन्छ — ठूलो केही भएको होइन । नियमित स्वास्थ्य परीक्षणको क्रम भने पनि हुन्छ । सम्भवतः आज (शुक्रबार) बेलुकीसम्ममा घर फर्किन्छौं ।

 

 

यसमा तपाइको मत