महानगर बिशेष भत्ता पाउने जेष्ठ नागरिक भविष्यप्रति अझै उत्साहित

DSC_6584चन्द्रमणि भट्टराई
असार १६

काठमाडौं । महानगरले उपलब्ध गराएको महानगर जेष्ठ नागरिक भत्ता पाउने पाको उमेरका व्यक्तिहरु भविष्यप्रति उत्साहित भएका छन् । लौराको सराहारमा हिँड्नु पर्ने, घरमै बसिरहुन पर्ने उमेरका हामी डाँडामाथिका घाम भइसकेका छौं । हामीलाई यो उमेरमा महानगरले सम्मान ग¥यो । यसबाट त धेरै बर्ष बाँच्ने आशा पलाएको छ । सोमबार महानगरको वडा १४ ले वितरण गरेको भत्ता बुझिसकेपछि अधिकांश जेष्ठ नागरिकले दिएको प्रतिक्रियाको सार यस्तै थियो । हामीजस्ता पाका उमेरका मानिसलाई सम्मान हुने ठाउँको कुभलो कहिल्यै हुँदैन । महानगरलाई धन्यवाद ।

DSC_6621कार्यक्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले भत्तावापत्को रकम वितरण गर्नुभएको थियो । त्यस्तै वडाध्यक्ष शोभा सापकोटा, कार्यपालिका सदस्य रश्मी खड्का र वडा सदस्यहरुले संयुक्त रुपमा फलफुल र जुस प्रदान गर्नुभएको थियो । त्यस अवसरमा बोल्दै महानगरका प्रमुख शाक्यले — जेष्ठ नागरिकलाई समस्या नलुकाउन आग्रह गर्नुभयो । तपाईहरु पाको उमेरको हुनुहुन्छ । सरीरमा केही समस्या हुन सक्छ । मनमा केही समस्या हुन सक्छ । समस्या मनमा भए पनि या सरीरमा भए पनि जनप्रतिनिधिलाई सुनाउनोस् । तपाईँ अनुकुलको परिस्थिति हामी निर्माण गरिदिन्छौं, उहाँले सामाजिक सुरक्षामा प्रतिवद्ध भएको प्रत्याभूति गराउनुभएको थियो ।

कार्यक्रममा सहभागी हुन नसक्ने जेष्ठ नागरिकलाई घरमै भत्ता पु¥याइदिने बताउँदै वडाध्यक्ष सापकोटाले यस प्रकारको कार्यक्रमले सामाजिक सद्भाव र पारिवारिक सन्तुष्टिमा टेवा पु¥याएको आफूलाई महसुस भएको बताउनुभयो ।

वडामा ९६ पुरुष र २४४ महिला गरी ३४० जना जेष्ठ नागरिक महानगर जेष्ठ नागरिक बिशेष भत्ता पाउने नामको सूचीमा हुनुहुन्छ ।

 

 

यसमा तपाइको मत