मानसिक स्वास्थ्यका कार्यक्रम लिएर घरघरमा जाँदै महानगर

DSC_4697चन्द्रमणि भट्टराई
असार ९

काठमाडौं । काठमाडौं महानगर मानसिक स्वास्थ्यका कार्यक्रम लिएर घर घरमा पुग्ने भएको छ । वडा कार्य क्षेत्र भएका महिला स्वास्थ्य स्वयमसेविकामार्फत व्यक्तिको पहुँचमा पुगेर समस्या भेटिएका नागरिकलाई स्वास्थ्य संस्थासम्म पु¥याउने कार्यक्रमको लक्ष्य हो । यसका लागि अहिले महिला स्वास्थ्य स्वयमसेविकाहरुको तालिम चलिरहेको छ । अहिले समाज सर्ने रोगलेभन्दा नसर्ने रोगले गाँजिएको छ । कार्यक्रममा बारेमा बोल्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्य भन्नुहुन्छ — समुदायमा भएका स्वास्थ्य समस्या थाहा पाउन स्वयमसेविकाहरुले ठूलो भूमिका निर्वाह गर्नसक्नुहुन्छ । त्यसो त स्वयमसेविकालाई निर्वाध काम गर्नका लागि केही पूर्वाधार र सहयोग आवश्यक छ । त्यो महसुस छ । म्रमुख शाक्य थप्दै भन्नुहुन्छ — यी दुवै समस्यालाई सँगै समाधानको प्रयास गरिनेछ ।

तालिम समुदाय स्तरमा कार्यरत स्वास्थ्यकर्मीहरु (महिला स्वास्थ्यस्वयमसेविका) का लागि मानसिक तथा मनोसामाजिक स्याहार सम्बन्धि तालिम पुस्तिकाका आधार चलिरहेको छ । यसमा व्यक्तिमा हुने उदासीनता, गम्भीर मानसिक समस्या, छारे रोग, रक्सीजन्य पदार्थको सेवनबाट हुने समस्या, व्यवहार सम्बन्धि समस्या, आत्महत्याजस्ता समस्या, ती समस्या पहिचान गर्ने बिधि र समस्या भएका व्यक्तिलाई स्वास्थ्य संस्थामा पु¥याउने तरिकाका बारेका जानकारी दिइनेछ । तालिमका बिषयमा जानकारी दिँदै, महानगरकी जनस्वास्थ्य अधिकृत मञ्जु मास्केले एक दिनमा ४ वटा समूहलाई तालिम दिइरहेको बताउनुभयो । हामीसँग ५५८ जना स्वाइस्थय स्वयमसेविका हुनुहुन्छ । उहाँहरुमार्फत हामी समाजमा भएका मानसिक समस्या पत्ता लगाउँछौं ।

अहिले व्यक्ति मृत्युको प्रमुख कारण नसर्ने रोग भइरहेको छ । यसले व्यक्तिलाई एकैपटक मार्दैन । क्रमशः असर बढ्दै जान्छ र मृत्युको मुखमा पु¥याउँछ । यसप्रकारको जोखिम व्यवहार परिवर्तनबाट घटाउन सकिने भएकोले मानसिक स्वास्थ्य सम्बन्धि कार्यक्रम अघि सारिएको हो ।

 

 

यसमा तपाइको मत