एनि टाइम ट्वाइलेटले जित्यो ः स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा

बिषयगत ४ बिजेतालाई जनही २ लाख र उपबिजेतालाई १ लाख राशीको पुरस्कार

DSC_9873चन्द्रमणि भट्टराई
जेठ २२

काठमाडौं । काठमाडौं महानगरले सञ्चालन गरेको स्मार्ट सहरी प्रबिधि प्रतिस्पर्धामा समुदाय र वातावरण बिधाबाट एनि टायम ट्वाइलेट नामक समूहका सहभागी बिजेता बनेका छन् । सहरमा हरेक मानिसले शौचालयको समस्या भोगेका छन् । त्यो समस्या समाधान गर्न हामी प्रबिधिमार्फत हरेक रेष्टुरेष्टसँग उपभोक्ताको सम्बन्ध जोड्छौं । सजिलो प्रबिधिबाट हरेक व्यक्तिको आवश्यता पूरा गराउन सकिन्छ । यही सोचमा आधारित प्रबिधि प्रतिस्पर्धाबाट समूह बिजेता बनेको हो । बिजेतालाई प्रधानमन्त्री के. पि. शर्मा ओलीले नगद ५ लाख रुपैयाँ प्रदान गर्नुभएको थियो । यस समूहले बिषयगत बिजेता भएर २ लाखसहित जम्मा ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

अन्तिम चरणमा आइपुगेका २४ वटा समूहबीच आज बिहानबाट प्रतिस्पर्धा शुरु गराइएको थियो । यसमा हरेकलाई १० मिनेटका दरले सोच प्रस्तुति गर्न समय दिइएको थियो । यस १० मिनेटभित्र ५ मिनेट आफ्नो सोच भन्नु पर्ने र बाँकी ५ मिनेट निर्णायकले सोधेको प्रश्नको जवाफ दिनुपर्ने थियो । यस चरणबाट ८ वटा समूह अन्तिम प्रतिस्पर्धामा थिए । यिनै ८ वटा समूहमध्ये ४ समूह बिजेता र ४ समूह उपबिजेता बनेका हुन् । अन्तिममा बिजेता ४ समूहले प्रधानमन्त्रीकै समक्ष प्रस्तुतिकरण गरेका थिए । यस प्रस्तुतिमा ५ जना निर्णायकले दिएको अङ्कका आधारमा एनि टाइम बिजेता बनेको हो ।

यो समूहसँगै अन्य ३ वटा बिषयगत बिजेता समूहलाई जनही २ लाख रुपैयाँ प्रदान गरियो । यसरी बिषयगत बिजेता भएर २ लाख रुपैयाँ पाउनेमा — यससँगै सहरी पूर्वाधारतर्फ ट्राफिक नक्सा, महानगरीय सामुदायिक सेवातर्फ डिजिटल नेपाल र महानगरीय सार्वजनिक प्रशासन तथा ब्यवस्थापनतर्फ भूमि नामक समूह छन् ।

DSC_0009कार्यक्रममा बिजेतालाई पुरस्कार दिँदै प्रधानमन्त्री के. पि. शर्मा ओलीले भन्नुभयो — प्रतिस्पर्धी कसैले समस्या छैनन् भनेनन्, न त कुनै समस्या समाधान हुँदैन भने । यसबाट बुझ्न सकिन्छ, समस्या पनि हामी सँगै छ । समाधान पनि हामीसँगै छ । आफ्नो देश, आफ्नो ठाउँ आफैं बनाउने हो । मागेर होइन, आफ्नै पौरखले बनाउने हो । उहाँले थप्दै भन्नुभयो — आउनुहोस्, अठोट गरौं । धारणा राख्ने क्रममा प्रधानमन्त्रीले, बिद्यमान बेरोजगारीको समस्या, नेपालको कृषि तथा अन्य क्षेत्रको सम्भावना, युवा आशा देखाउने कार्यक्रमजस्ता बिषयमा बोल्दै — अरुले प्रयोग गरिसकेका प्रबिधिबाट उन्नतिको बाटोमा लाग्न सम्भावना रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — युवालाई आफ्नै देशमा पनि सम्भावना छ भनेर देखाउन यस प्रकारको प्रतिस्पर्धा आयोजना गरिएको बताउनुभयो । गर्न सकिन्छ, आपसी सिकाइलाई समन्वयमा कार्यान्वयन गरौं । उहाँले थप्द्र भन्नुभयो — प्रतिस्पर्धामा आएका सोच महानगरका लागि होइनन्, यी सोचलाई कुनै पनि स्थानीय तहले कार्यान्वयनमा ल्याउन सक्छन् । महागरले आयोजना गरेको यो प्रतिस्पर्धा सार्वजनिक निकायबाट आयोजना गरिएको पहिलो कार्यक्रम भएको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतको भनाइ थियो ।

प्रतिस्पर्धामा समुदाय र वातावरणतर्फ एरो रुट, सहरी पूर्वाधारतर्फ सफा सहर, महानगरीय सामुदायिक सेवातर्फ नेपाल मेड र महानगरीय सार्वजनिक प्रशासन तथा ब्यवस्थापनतर्फ अटोमाटा उपबिजेता भए । उपबिजेता सबैलाई जनही १ लाख रुपैयाँ प्रदान गरिएको थियो ।

सोचलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नका कति व्यवहारिक छ? प्रतिस्पर्धीले अनिवार्य प्रोटोटाइप तयार पार्नु पर्ने भएकोले अन्तिम प्रतिस्पर्धामा रहेका सहभागीले सभागृहमा प्रोटोटाइप प्रदर्शन गरेका थिए ।

 

 

यसमा तपाइको मत