स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धाका २४ समूह अन्तिम चरणमा, आज नै बिजेता घोषणा हुने

आजै बिजेता घोषणा हुने

DSC_9072चन्द्रमणि भट्टराई
जेठ २२

काठमाडौं । सहरी समस्यालाई स्वतन्त्र र प्रविधिमा आधारित नयाँ सोचबाट समाधान खोज्ने क्रममा शुरु भएको स्मार्ट सहरी प्रबिधि प्रतिस्पर्धाका २४ समूह अन्तिम चरणमा प्रवेश गरेका छन् । “स्मार्ट अर्बन टेक्नोलोजी च्यालेन्ज २०१८— स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा – २०७५” का नाममा महानगरको सहरी योजना आयोगले सञ्चालन गरेको प्रतिस्पर्धाका सहभागीहरु अहिले राष्ट्रिय सभा गृहमा आफ्ना प्रस्तुतीहरु प्रस्तुत गरिरहेका छन् । उनीहरुका प्रस्तुती सहरी समस्याका मूख्य ४ विषय र त्यसभित्र पर्ने २८ क्षेत्रमा केन्द्रीत छन् । यस चरणमा आउनु अघि उनीहरुले ५ चरण पार गरिसकेका छन् । प्रतिस्पर्धाका मुख्य ४ बिषयमा समुदाय तथा वातावरण, सहरी पूर्वाधार बिकास, सामुदायिक सेवा र सार्वजनिक प्रशासन तथा व्यवस्थापन हुन् ।

यी चरणमा बिषयको महत्व, उत्पादन क्षमता, ब्यवसायिक नमूना, बिस्तार योग्यता र प्रस्तुति एवं ब्याख्या गरी छुट्टाछुट्टै पाँच आधारलाई सूचक मानेर मुल्याङ्कन गरिएको थियो । यी सूचक र मापदण्डमा मुल्याङ्न गर्दा प्राप्त गर्ने कुल अङ्कमध्ये जसले बढी प्राप्त गर्छ । त्यो समूह नै प्रतिस्पर्धाको बिजेता बन्नेछ ।

प्रतिस्पर्धाबाट आएका सोचबाट काठमाडौंका सहरी समस्या पहिचान हुने र ती समस्याको समाधानमा प्रविधिमैत्री उपाय पत्ता लाग्नेछन् । प्रविधि, ज्ञान र सीपका माध्यमबाट महानगरको समग्र क्षेत्रको परिवर्तनका लागि प्रविधिमैत्री आधार तयार हुनेछ । महानगरले प्रतिस्पर्धाबाट यसप्रकारका प्रतिफलको अपेक्षा गरेको छ । त्यस्तै महानगरपालिकाले प्रदान गर्ने सेवामा चुस्तता एवं पारदर्शिता कायम हुने र सामाजिक न्यायमा आधारित सुविधा वितरणमा सहयोग पुग्ने आशा गरिएको छ ।

पहिलो चरणमा छनौटमा परेका सोचलाई बिज्ञ समूहबाट करिब ३ महिना नियमित तालिम दिइएको थियो । तीमध्ये अन्तिम प्रतिस्पर्धामा पुगेका ४ विषयका २४ समूह प्रतिस्पर्धीलाई विशिष्ट प्रकारको तालिम दिएर सोचमा निखार ल्याउन महानगरले मद्दत गरेको थियो ।उत्कृष्ट सोचलाई अर्थात् च्यालेन्जको विजेता आजै घोषणा हुनेछ । यसमा जित्ने समूहले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यो पुरस्कारबाट उत्कृष्ट मानिएको सोचलाई उद्यमशीलतामा रुपान्तरण गर्न सहयोग पुग्ने महानगरको लक्ष्य हो । त्यस्तै प्रतिस्पर्धाका ४ वटा विषयगत विजेतालाई प्रति समूह २ लाख रुपैयाँ र उपबिजेतालाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ ।

 

यसमा तपाइको मत