व्यक्ति सोधेर होइन, प्रणाली खोजेर समाचार लेख्दा सत्य देखिन्छ — मेयर शाक्य

DSC_9020चन्द्रमणि भट्टराई
जेठ २२

काठमाडौं । अरुसँग सोधेर वा अरुले यसो हो भनेर भनेका भरमा लेखिएका समाचार एकपक्षीय हुन सक्छन् । त्यसैले सत्य जाँच गरेर मात्र समाचार लेख्नुपर्छ । मंगलबार महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले पत्रकारहरुसँग भन्नुभयो — लेखाएको समाचारको प्रभाव राम्रो हुँदैन । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले मंगलबार राजधानीमा आयोजना गरेको स्वरोजगारमुलक सञ्चारमाध्यमको व्यवस्थापन एवम् महिला बालबालिका बिषयक एक दिने समाचार लेखन पत्रकारिता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख शाक्यको भनाइ थियो — महानगर पत्रकारहरुसँग निस्वार्थ सहकार्य गर्न तयार छ । समाचारको श्रोत नै पूर्वाग्रहपूर्ण छ भने समाचार बस्तुनिष्ठ बन्न सक्दैन । यसप्रति पत्रकार सचेत रहनुपर्छ, मेयर शाक्यले पत्रकारहरुलाई सुझाव दिँदै भन्नुभयो — व्यक्तिको हो, सोधेर होइन, प्रणाली के हो? खोजेर समाचार लेख्नुभयो भने बल्ल समाचार बिश्वशनीय बन्छ ।

कार्यक्रममा धारणा राख्ने क्रममा पत्रकार महासंघ केन्द्रीय समितिका सचिव प्रकाश थापाले सञ्चार क्षेत्रको अस्तित्व कायम गराउन चुनौतीपूर्ण अवस्थाको सामना गरिरहनु पर्ने अवस्थाले कहिलेकाही समाचार संकलनको काम छोडेर अधिकारका कुरा गर्न सडकमा आउनु परेको बताउनुभयो ।

पत्रकारिता समाजको ऐना हो । ऐनालाई जोगाए मात्र अनुहार हेर्न सकिन्छ । ऐना फुटाए अनुहार केमा कसरी हेर्ने? कार्यक्रममा बोल्ने क्रममा केन्द्रीय सदस्य जानुका बराल, प्रदेश समितिका अध्यक्ष एनके दाहाल, महासचिव सृजना .झा, भक्तपुर महासंघका अध्यक्ष पुष्कर बुढाथोकी, काठमाडौं महासंघका सचिव मोहनराज पन्तको साझा सार मत थियो ।

कार्यक्रममा बद्री तिवारी र भवानी बरालले प्रशिक्षण दिनुभएको थियो । प्रदेश समितिले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो ।

यसमा तपाइको मत