जागरण ¥याली र वातावरणीय प्रदर्शनीसहित ४५ औं बिश्व वातावरण दिवस मनाइँदै

जानेको कुरा गरिदिए मात्र पनि स्वच्छतामा सुधार आउँछ — मेयर शाक्य

DSC_8936 (1)चन्द्रमणि भट्टराई
जेठ २२

काठमाडौं । वातावरणीय प्रदर्शनी र जागरणमुलक ¥याली आयोजना गरेर काठमाडौंमा ४५ औं बिश्व वातावरण दिवसका कार्यक्रम शुरु गरिएका छन् । यस क्रममा फोहोर व्यवस्थापनमा आवद्ध निजी तथा गैरसरकारी संघ संस्थाले राष्ट्रिय सभा गृहबाट निकालेको चेतनामुलक ¥याली भद्रकाली, सहिदगेट, सुन्धारा, नयाँ सडकहुँदै बसन्तपुर पुगेको थियो । ¥याली बसन्तपुर पुगेपछि महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले वातावरणीय प्रदर्शनी शुभारम्भ गर्नुभएको थियो । एक पटक प्रयोग गरिसकेका सामानलाई फेरि प्रयोग गरेर तयार पारिएका सामान, यसरी सामान तयार पार्ने बिधि, फोहोर व्यवस्थापन गर्ने बिधि, घरको स्वच्छता कायम गर्ने बिधि, बोट विरुवाको बिक्री प्रदर्शनीका मुख्य आकर्षण हुन् ।

DSC_8757प्रमुख शाक्यले प्रदर्शनीका सबै बस्तुहरुको अबलोकन गर्नुभएको थियो । त्यस क्रममा प्रदर्शनी कक्षमा बसेका व्यक्तिहरुसँग सामानको निर्माण प्रक्रिया, उपयोग सहजता, फोहोरमैला व्यवस्थापनमा पुग्ने सहयोगका बिषयमा जिज्ञासा राख्नुभएको थियो ।

वातावरणीय प्रदर्शनीपछि निस्किएको ¥याली, इन्द्रचोक, असन, जमलहुँदै सभा गृह पुगेको थियो ।

सभा गृहमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख शाक्यले — सबै मिलेर मात्रै वातारणीय अवस्थामा सुधार ल्याउन सकिने उल्लेख गर्दै, यसमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो । एकाथरी सुधारको प्रयासमा लाग्ने अर्को थरी निष्फिक्री फोहोर बाहिर निकाल्ने हो भने सुधार गर्न कठिन छ । निजी क्षेत्रले फोहोर व्यवस्थापनमा दिगो सहयोग पु¥याउन सक्ने कुरालाई महानगरले महसुस गरेको छ । मिलेर परिणाम आउने काम गरौं । नीतिगत थप व्यवस्था गर्दै जान्छौं । अहिलेका लागि निजी क्षेत्रले लिएको जिम्मा उत्तरदायी भएर पूरा गर्नुपर्छ । मेयर शाक्यले बोल्ने क्रममा — आफूले जानेको कुरा कार्यान्वयन गरिदिए मात्र पनि सहरी वातावरण सुधारमा ठूलो सहयोग हुनेमा जोड दिनुभयो ।

DSC_8588कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले — राम्रो काम गर्ने निजी क्षेत्रलाई प्रवर्धन गर्न सके परिणाम ल्याउन सजिलो हुने धारणा राख्नुभयो । काम गर्ने शैलीमा केही परिवर्तन गरेपछि नयाँपनको महसुस हुन्छ । कार्यक्रममा बोल्दै वातावरण व्यवस्थापन समितिका संयोजक एवं वडा १२ का अध्यक्ष बिकास डंगोलले — प्रतिफल आउने गरी फोहोरमा लगानी व्यवस्थापन गर्ने बताउनुभयो ।

सोही अवसरमा बोल्दै वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठले — फोहोर जथाभावी फाल्ने संस्कृतिको अन्त्यका लागि कानुनी कारवाहीको प्रक्रिया अघि बढाउने बताउनुभयो । घरेलु फोहोर व्यवस्थापन गर्न निजी क्षेत्रले पु¥याएको योगदानलाई संस्थागत गरौं, कार्यक्रममा बोल्दै वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहाल र फोहोरमैला व्यवस्थापन संघका अध्यक्ष धनप्रसाद आचार्यले — अहिले फोहोर संकलन र ढुवानीका लागि क्रियाशील निजी तथा गैरसरकारी संस्थालाई काम गर्न जमिन मात्र दिने हो भने फोहोर सडकमा देखिने अवस्थाको अन्त्य हुने दावी गर्नुभयो ।

कार्यक्रममा मेयर शाक्यले, परिवर्तन सन्देश नामक पुस्तक सार्वजनिक गर्नुभयो । परिवर्तन सेवा प्रा. लि. ले तयार पारेको पुस्तकमा फोहोर व्यवस्थापनका सम्भावना र चुनौतीलाई क्षेत्रगत आयामबाट चित्रण गरिएका लेख समाबेश छन् । निजी क्षेत्रले फोहोरबाट पैसा मात्र असुल्छ भन्ने आरोप छ । तर, यति मात्र होइन प्रा. लि. का सञ्चालक मित्रप्रसाद घिमिरे भन्नुहुन्छ — पुस्तकले वातावरणीय सुधारमा हामीले गरेको प्रयास देखाउँछ ।

यस बर्ष ‘स्वच्छ वायु, स्वस्थ्य जीवन’ नाराका साथ ४५ औं बिश्व वातावरण दिवस मनाइदैछ ।



 

 

 

यसमा तपाइको मत