अमालकोट कचहरीको दक्षिणमा वडा ८ कार्यालय भवन निर्माण हुँदै

पशुपति गुरुयोजना कार्यान्वयन गर्दा भित्री क्षेत्रमा रहेको वडा अधिग्रहण

चन्द्रमणि भट्टराई
जेठ २०

काठमाडौं । नेपाल वेद बिद्याश्रमको उत्तरपूर्व र अमालकोट कचहरी कार्यालयको दक्षिणमा महानगरको वडा ८ कार्यालय भवन निर्माणका लागि शिलान्यास भएको छ । जेठ ५ गते महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले भवन निर्माण शिलान्यास गर्नुभएको हो । सो अवसरमा प्रदेश सभा सदस्य नरोत्तम बैद्य, महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी, वडाध्यक्ष दिनेश डंगोलसहित जनप्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो ।

वडा भवन पशुपति क्षेत्रको गुरुयोजना कार्यान्वयन हुनु अघि पशुपतिको मन्दिर नजिकै थियो । मन्दिर नजिकैबाट सेवा प्रवाह गर्दा श्रद्धालुहरुमा असजिलो हुने जनाउँदै भवन अधिग्रहण गरियो । यसरी अधिग्रहण गरिएको भवनको सट्टामा अर्को भवन बनाउन कोषले अर्को उपयुक्त जग्गा वडालार्य उपलब्ध गराउने सहमति थियो । २०७३ साल माघ २० गते तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले अहिले भवन निर्माण गर्न लागिएको ठाउँमा ४ आना जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

हामी ४ आना जग्गामा साढे ३ तले वडा कार्यालय भवन बनाउँछौं । वडाध्यक्ष दिनेश डंगोल भन्नुहुन्छ — लामो समयदेखि हामी आफ्नै कार्यालय भवन नभएको अवस्थामा थियौं । अब जनताको आफ्नै भवन बनाउँछौं ।

 

यसमा तपाइको मत