९ आना जग्गामा वडा कार्यालय बनाउँदै वडा ९

भवन निर्माण लागत २ करोड ७६ लाख ९९ हजार १०२ रुपैयाँ ५९ पैसा

@ard 9 buildingचन्द्रमणि भट्टराई
जेठ २०

काठमाडौं । २०७७ जेठ मसान्त सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर महानगरको वडा ९ कार्यालय भवन निर्माण भइरहेको छ । बत्तीसपुतलीमा रहेको ३२४१ स्क्वायर फिट (९.४७ आना) जग्गामा निर्माणाधीन भवन ३ तलाको हुनेछ । गएको बैशाख २७ गते महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले वडा भवनको शिलान्यास गर्नुभएको थियो । आफ्नो पालामा सबै वडालाई आफ्नै सुबिधा सम्पन्न भवनमा राख्छु । मेयर शाक्य भन्नुहुन्छ — ठाउँ नै व्यवस्थित भएन भने सेवा कसरी व्यवस्थित हुन्छ?

बिकास र सेवा प्रवाहमा छिटो छरितो होस् भन्ने वडाबासीको चाहना हो । उहाँहरुको चाहना पूरा गर्न गरी हामी जनप्रतिनिधिले काम गरिरहेका छौं । भवन निर्माण र वडाले सञ्चालन गरेको पूर्वाधार एव)ं सामाजिक विकासका काममा चर्चा गर्दै, वडाध्यक्ष रामकृष्ण श्रेष्ठ भन्नुहुन्छ — आउँदो २०७७ जेठ मसान्तभित्र कार्यालय भवन सञ्चालनमा ल्याइसकिनेछ ।

वडा भवन पार्किङ् र ¥यामसहितको हुनेछ । ७,१९० फ्लोर एरियामा निर्माण हुने वडा भवनको प्लिन्थ एरिया १६८७ स्क्वायर फिटको हुनेछ । भवनमा बैठक कक्षसहित ११ वटा कोठा हुनेछन् । निर्माण सम्पन्न भएपछि वडाको भुइँ तलामा सहरी स्वास्थ्य क्लिनिकसहित ४ वटा कोठा कार्यालय प्रयोजनमा आउनेछन् ।

यसमा तपाइको मत