दफ्टर क्लव भवन पुननिर्माणका लागि शिलान्यास

जेठ ६

काठमाडौं । महानगरको वडा नं. २३ मा रहेको दफ्टर क्लव भवन पुननिर्माणका लागि शुक्रबार शिलान्यास भएको छ । संघीय संसद सदस्य जीवनराम श्रेष्ठ र वडाध्यक्ष मचाराजा महर्जनले भवनको शिलान्यास गर्नुभएको हो । करीब १५ लाख रुपैयाँमा निर्माण हुने भवनका लागि रकम स्थानीय पूर्वाधार बिकास कार्यक्रमअन्तर्गत संसद सदस्य श्रेष्ठको संसद बिकास कोषबाट प्राप्त हुनेछ ।

भवन शिलान्यासपछि बोल्दै जीवनराम श्रेष्ठले — स्थानीय स्तरमा आवश्यक भएको बिकास स्थानीय, प्रदेश र संघ सरकार मिलेर आफ्ना आफ्ना भागबाट सहयोग गर्ने बताउनुभयो । सबै काम एउटै ठाउँबाट हुन नसक्ने हुन सक्छ । यसका लागि ज—जसको क्षमता छ । यसैबाट सहयोग दिलाउन प्रयास गर्नेछु । कार्यक्रममा धारणा राख्ने क्रममा वडाध्यक्ष महर्जनले — माग भइ आएका योजनालाई कार्यान्वयन गर्दै लैजाने बताउनुभयो । हामी अर्को बर्षका लागि योजना छनौटको चरणमा छौं । धेरैलाई लाभ हुने योजना दिनोस्, हामी स्वीकृतिका लागि महानगरमा पठाउँछौं, वडाध्यक्षले स्थानीयसँग योजना माग्नुभयो ।

क्लबको भवन राकेश शाहीले भवन पुननिर्माण भएपछि सामाजिक र सांस्कृतिक कार्यक्रम अघि बढाउन सजिलो हुने बताउनुभयो । क्लवले सामाजिकतर्फ जेष्ठ नागरिकको हितमा काम गर्छ भने, सांस्कृतिकतर्फ भाषा, कला, साहित्यको संरक्षण, जात्रा पर्व सञ्चालनमा सघाउ गर्ने काम गर्दै आएको छ ।

यसमा तपाइको मत