काठमाडौं । काठमाडौं महानगरको वडा ३ का अध्यक्ष दीपक के. सी. ले क्षमता बिकासका तालिमबाट एक बर्षमा ५ व्यक्तिमा लाभ पु¥याउने लक्ष्य राखिएको बताउनुभयो । वडा र अर्वन हेल्थ रिसोर्स सेन्टरको संयुक्त आयोजनामा मंगलबार सम्पन्न ३ दिने सामुदायिक स्वास्थ्यमा महिला नेतृत्व बिकास बिषयक तालिम समापन गर्दै वडाध्यक्ष के. सी. ले तालिम लिएका उद्यमी भएको हेर्ने इच्छा व्यक्त गर्नुभयो ।
तालिममा नेपालमा मातृशिशु स्वास्थ्य, नसर्ने खालका रोग र बचावटका उपायहरु, महिला नेतृत्वलगायत बिषयमा कक्षाहरु सञ्चालन गरिएका थिए ।
समापन अवसरमा सहभागी महिलाहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।