भोगेको बिपत्तिलाई बिर्सनु हुन्न, पाठ सिक्नुपर्छ — मेयर शाक्य

DSC_5971चन्द्रमणि भट्टराई
जेठ ७

काठमाडौंं । भोगेको बिपत्ति बिर्सिए, क्षति दोहोरिने बताउँदै काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले, बिपत्तिका समयमा सम्भावित क्षति कम गराउन काम थाल्नु पर्ने बताउनुभएको छ । मंगलबार काठमाडौं महानगरपालिका, ब्रिटिस रेडक्रस र नेपाल रेडक्रस काठमाडौं शाखाको आयोजनामा सम्पन्न उत्थानशील नगर प्रवर्धन र सहभागिता कार्यक्रम (स्टेन्थेनिङ् अर्बन रिजिलियन्स एण्ड इङ्गेजमेन्ट प्रोग्राम — एसयुआरइ) को समीक्षा र अनुभव आदानप्रदान तथा आगामी कार्ययोजना बिषयक अन्तरक्रियामा बोल्दै मेयर शाक्यले — अबका कार्यक्रम छलफल र अन्तरक्रियामाभन्दा अहिलेसम्म चलेका छलफलको निष्कर्ष र कार्यक्रमले देखाएका योजना कार्यान्वयनमा लाग्नु पर्ने बताउनुभयो । न्युन जोखिम र अति जोखिमको नक्साङ्कन तथा बिपत्तिका समयमा हुन सक्ने क्षति पहिचान गर्ने काममा समुदायको क्षमता बिकास गर्न काठमाडौं जिल्लाका काठमाडौं महानगर र बुढानिलकण्ठ नगरमा यो परियोजना सञ्चालन भइरहेको छ ।

अन्तरक्रियामा बोल्दै महानगरको बिपद् व्यवस्थापन समितिका संयोजक एवं वडा २५ का अध्यक्ष नीलकाजी शाक्यले — विपत्तिको प्रभावकारी सामना तथा जोखिम व्यवस्थापन सीप बढाउन बिद्यालय शिक्षाको पाठ््यक्रममा राखेर नै बालबालिकालाई बिपत्ति अध्ययन गराउने तयारी रहेको बताउनुभयो । भित्री सहरको केलटोलदेखि माखँ गल्लीसम्म दमकल जान नसक्ने ठाउँमा हामी सम्भावित आगलागी नियन्त्रण गर्ने पाइपलाइन बिछ््याउँदैछौं । अवस्थाअनुरुपको तयारी हाम्रो प्राथमिकतामा छ, उहाँको भनाइ थियो ।

व्यक्तिको जीवन जुनसुकै समय पनि जोखिममा पर्न सक्छ, चाहे त्यो प्राकृतिक घटनामा होस्, या मानव घटित घटनामा होस् । सकेसम्म यस प्रकारका घटना नघटुन् भन्नेमा कामना गर्नु पर्छ, यदि काबुबाहिरको परिस्थिति आएर दुर्घटना भएमा क्षति कम होस् भन्नेमा ख्याल गर्नुपर्छ । नेपाल सिङ्गै र निश्चित स्थानीय स्तरको भूगोलका जोखिम छुट्टाछुट्टै हुन सक्छन् । त्यस्तै एउटै स्थानका समुदाय — समुदायबीचका जोखिम पनि आफ्ना—आफ्नै हुन सक्छन् । स्थानीय स्तरका यी अवस्थालाई पहिचान गरेर, सम्भावित जोखिमबाट बच्न र बचाउन सक्ने समदाय निर्माण, विपद् क्षति न्युनीकरणको पहिलो उपलब्धी हो । यो उपलब्धीलाई लक्ष्य मानेर काम गर्न सक्ने समुदाय निर्माण गर्नु पर्नेमा कार्यक्रम केन्द्री थियो ।

कार्यक्रममा रेडक्रस काठमाडौं शाखाका मन्त्री श्याम डोटेलले — एकीकृत कार्यक्रम गरेर श्रोत र समयको दुरुपयोग हुनबाट आफैं बच्ने दिशामा काम गरिने बताउनुभयो भने कार्यक्रम संयोजक शारदा खतिवडाले — परियोजनाले काठमाडौंका २ वटा भूमिहीन समूह, एउटा एकल महिलाको समूह र एउटा जनजातिको समूहलाई संकटासन्न समूह मानेर काम गरिरहेको जानकारी दिनुभयो । त्यस्तै रेडक्रस बिपद् व्यवस्थापन बिभागका इञ्जिनियर भरतराज भाटले महानगरको वेभ साइटमा भएका वडागत नक्सामा जोखिमका सम्भावना पनि देखाउने तयारीमा लागेको बताउनुभयो । सबै वडामा एकै प्रकारका जोखिमका खतरा छैनन् । वडाको अवस्था अनुसार जोखिम फरक छ । यो जोखिमलाई भौगोलिक सूचना प्रणालीमा आधारित सूचना राखिने तयारीमा काम भइरहेको जानकारी दिनुभयो ।

प्राकृतिक बिपत्ति थेग्न सक्ने क्षमता बनाउने र आफैंले सृजना गर्ने बिपत्ति हुनै नदिने दिशामा समाजको सचेतना बढाउनु पर्नेमा अधिकारीको जोड छ । त्यस्तै सरोकारवालाको तयारी र श्रोत साधनको बितरणबाट बहुजोखिम खतरा कम गराउन सहभागिता बढाउने परियोजनाले लक्ष्य लिएको छ ।

 

Tags

#SURE_DRR

यसमा तपाइको मत