गणतन्त्र दिवसका दिन नागरिक बस्न १००० कुर्सी राखिने

चन्द्रमणि भट्टराई
जेठ ६

काठमाडौं । जेठ १५ गते मनाइने गणतन्त्र दिवसका दिन जनसाधारणलाई बस्न एकहजार कुर्सी राखिने भएको छ । सोमबार महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको मञ्च व्यवस्थापन उपसमितिले जनसाधारण बस्ने कुर्सीको व्यवस्था गर्ने, पिउने पानीको व्यवस्था गर्ने, टुँडिखेलमा ध्वजापतका राखेर सजावट गर्नेलगायत निर्णय गरेको छ ।

बिशिष्ट व्यक्तिको बोलेको सुन्ने जनसाधारणलाई घाम र पानीबाट बचावट गर्न बस्ने व्यवस्था गरौं । बैठकमा मेयर शाक्यले भन्नुभयो — गणतन्त्र प्राप्त भएकोमो सबैभन्दा बढी खुसी नागरिकमा हुनुपर्छ । यो खुशी महसुस गर्ने वातावरण हामीले बनाउनुपर्छ । त्यसैले जनसाधारणलाई बस्ने कुर्सी चाहिन्छ ।

बैठकले, सरसफाइ गर्ने, हेलिकोप्टरबाट प्रदर्शन गरिने ब्यानर र बृष्टि गर्नका लागि फूल नेपाली सेनालाई उपलब्ध गराउने, कार्यक्रम अवधिभर दमकल र एम्बुलेन्स तैनाथ गर्ने, मञ्चमो प्रयोग हुने साउण्ड सिस्टमको व्यवस्था गर्ने काम महानगरले जिम्मा लिने निर्णय गरेको छ । त्यस्तै कार्यक्रमस्थलमा भएका भौतिक संरचनाको रंग रोगन गर्ने काम संघीय सचिवालय, निर्माण तथा व्यवस्थापन कार्यालयले गर्ने निर्णय भएको छ ।

दिवसमा उपत्यका सबै नगरपालिकालाई सहभागी गराउन तथा गणतन्त्रको महत्व नागरिकसम्म पु¥याउन आउँदो बैठकमा छलफल गर्ने गरी आजको बैठक सकिएको छ ।

यसमा तपाइको मत