सौन्दर्य सामाग्री तयार पार्ने तालिम सम्पन्न

आफ्नो कार्यकालमा वडाका हरेक नागरिकलाई कुनै न कुनै तालिममा सहभागी गराउँछु — वडाध्यक्ष के. सी.

DSC_5476चन्द्रमणि भट्टराई
जेठ ५

काठमाडौं । महानगरको वडा १० मा ७ दिने क्रिष्टलबाट गहना बनाउने तालिम आइतबार सम्पन्न भएको छ । तालिममा वडाका ३० जना महिला सहभागी हुनुहुन्थ्यो । तालिममा महिलालाई क्रिष्टलबाट चुरा, पोते बनाउन, मोतीको माला, औंठी र टप बनाउने सीप सिकाइएको थियो । वडा कार्यालयले सहयोग गरेको तालिम बिष्णु सरस्वती फाउन्डेसनले आयोजना गरेको थियो ।

DSC_5479वडाको सभा कक्षमा आइतबार आयोजना गरिएको समापन समारोहमा सहभागीलाई प्रमाण पत्र प्रदान गर्दै वडाध्यक्ष रामकुमार के. सी. ले वडाले नियमित सञ्चालन गर्ने कुनै पनि तालिममा सहभागीको अनुहार नदोहोरिने बताउनुभयो । म मेरो कार्यकालमा वडाका सबै नागरिकलाई कुनै न कुनै सीपमुलक वा क्षमता बिकासको तालिममा सहभागी गराउँछु । चाहे बालबालिका हुन्, प्रौढ हुन् या जेष्ठ नागरिक, के. सी. ले योजना सुनाउनुभयो ।

सो अवसरमा बोल्दै फाउन्डेसनकी संस्थापक अम्बिका शर्माले — एकल महिलालाई आय आर्जनको बाटो देखाएर आर्थिक शशक्तिकरण प्रदान गर्ने लक्ष्य राखेर तालिम सञ्चालन गरिएको बताउनुभयो । तपाईँहरु सिकेको सीपबाट व्यापार थाल्नोस् । ऋण चाहिन्छ भने बैङ्कमार्फत दिलाउन प्रयत्न गर्छु, शर्माले थप्दै भन्नुभयो — कसले के भन्ला भनेर नसोच्नोस्, उमेर के हो मतलव नगर्नोस् । व्यापार गर्न के सहयोग चाहिन्छ भन्नोस् ।

तालिममा भर्खर यसइइ तालिम सकेका युवतीदेखि ६५ बर्ष उमेरकी महिला पनि सहभागी हुनुहुन्थ्यो ।

यसमा तपाइको मत