काठमाडौं महानगरलाई, बंगालादेशका महानगरसँग भगिनी सम्बन्ध स्थापना गर्न राजदूत सामको प्रस्ताव

संघीय सरकारसँग छलफल गरेर जवाफ दिन्छौं — मेयर शाक्य

DSC_4393चन्द्रमणि भट्टराई
बैशाख ३१

काठमाडौं । नेपालका लागि बंगालादेशकी राजदूत मासफि बिन्ते सामले काठमाडौं महानगरसँग बंगालादेशका महानगर भगिनी सम्बन्ध स्थापना गर्न इच्छुक रहेको बताउनुभएको छ । मंगलबार महानगरका प्रमुख बिद्यासुन्दर शाक्यसँग शिष्टाचार भेटका लागि आउनुभएकी राजदूत सामले भन्नुभयो — बंगालादेशको राजधानी ढाकाका ठूला महानगरहरु उत्तर ढाका नगर निगम र दक्षिण ढाका नगर निगमसँग महानगरको भगिनी सम्बन्ध स्थापना हुनसक्छ । नेपाल र बंगालादेशबीच ८ अप्रिल १९७२ मा स्थापना भएको कुटनीतिक सम्बन्ध नागरिक तहमा पुगोस् भन्ने हाम्रो चाहना हो, राजदूतको भनाइ थियो ।

राजदूतको प्रस्ताव सुनिसकेपछि मेयर शाक्यले — परराष्ट्र मन्त्रालयसँगको छलफलपछि जवाफ पठाउने बताउनुभयो । नगर व्यवस्थापनका लागि आपसी सिकाइलाई हामी पनि प्रवर्धन गरिरहेका छौं । राष्ट्रिय अख्तरराष्ट्रिय सहरबासीलाई उस्तै प्रकारका सहरको व्यवस्थापन देखाउन चाहन्छौं । मेयर शाक्यले भन्नुभयो — दुरीका हिसाबले पनि बंगालादेशसँग सिकाइ आदान प्रदान गर्न सजिलो छ ।

बंगालादेश सार्क सदस्य राष्ट्र हो । १७ करोड जनसंख्या रहेको यस देशमा ३२७ वटा नगर निगम छन् । यीमध्ये सबैभन्दा ठूलो उत्तर ढाका नगर निगम हो ।

 

यसमा तपाइको मत