बेनुगोपाल मन्दिर पुननिर्माणलाई महानगरको ५० लाख रुपैयाँ अनुदान

निर्माणाधीन मन्दिरको पूरा काम गर्न २३ करोडको लागत अनुमान

DSC_3809चन्द्रमणि भट्टराई
बैशाख २८

काठमाडौं । काठमाडौं मैतीदेवीस्थित बेनुगोपाल मन्दिरको पुननिर्माणका लागि काठमाडौं महानगरपािलकाले ५० लाख रुपैयाँ उपलब्ध् गराएको छ । शनिबार मन्दिर पुननिर्माणको अवस्था अबलोकनपछि मेयर बिद्यासुन्दर शाक्यले पुननिर्माण समितिका अध्यक्ष शिवराम राजबंशीलाई उक्त रकमको चेक प्रदान गनुभएको हो ।

चेक हस्तान्तरणपछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख शाक्यले — महानगर खुल्ला ठाउँमा मन्दिर बनाउन नदिने तर पहिले भएका मठमन्दिरको संरक्षण र मर्मतका लागि सहयोग गर्ने नीतिमा रहेको बताउनुभयो । हामी सहभागिताबाट दिगो बिकासको बाटोमा हिँड्ने प्रयासमा छौं । महानगरको समृद्धिका लागि तपाईसँग केही योजना र सोच छन् भने लिएर आउनोस् । मेयर शाक्यले आ. व. २०७६÷०७७ का लागि स्थानीय बिकास योजना वडामा टिपाउन आग्रह गर्नुभयो । मन्दिर निर्माणको कामले वडाबासीलाई आपसी भावनामा बाँधिन सहयोग पुग्ने बताउँदै वडाध्यक्ष कुश ढकालले — सामाजिक लाभका काममा लाग्न वडाबासीलाई आग्रह गर्नुभयो ।

DSC_3655कार्यक्रममा पूर्वमन्त्री हरिप्रसाद न्यौपानेले — सत्सङ्का लागि गरिएको लगानीले सामाजिक सद्भाव कायम हुने धारणा राख्नुभयो भने जेष्ठ नागरिक महासंघका केन्द्रीय अध्यक्ष एवं कलाकार मदनदास श्रेष्ठले — मन्दिर निर्माण गर्दा नेपालीपनमा ख्याल गर्नुपर्ने सुझाव दिनुभयो । यस प्रकारका सामाजिक काममा स्थानीय सहभागिता बढाउनु पर्नेमा जोड दिँदै सामुदायिक प्रहरी सेवाका अध्यक्ष टंक श्रेष्ठले, मन्दिर निर्माणको बिषयलाई स्थानीय टोलबासीलाई पनि सहभागी गराउनु पर्ने धारणा राख्नुभयो ।

२२,९७०.९३ बर्गफिट अर्थात् २,१३४.०७ बर्गमिटर क्षेत्रमा निर्माण भइरहेको मन्दिरमा भूकम्प प्रतिरोधी प्रबिधिको उपयोग गरिएको छ । यसको अवस्था हेर्न गएको बर्ष अर्थात् २०७५ जेठ २० गते प्रदेश १ का प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंह, महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी मन्दिर जानुभएको थियो । त्यसबेला स्थानीयले मन्दिरको पुननिर्माणमा महानगरको आर्थिक सहभागिताको माग गरेका थिए । त्यो मागपछि मेयर शाक्यले — मन्दिरको काम अघि बढाउन बीउ पुँजीका रुपमा केही रकम सहयोग गराउने प्रतिवद्धता जनाउनुभएको थियो । त्यही प्रतिवद्धताअनुसार महानगरकोतर्फबाट ५० लाख रुपैयाँ उपलब्ध गराइएको हो ।

निर्माणको काम पूरा गराउन करीब २३ करोड रुपैयाँ अनुमान गरिएको छ । यस लगानीमा गुरुकुल, गौशाला, पण्डाल, जेष्ठ नागरिकको आश्रय स्थल तयार हुनेछ । यस लगानीमा २ करोड २५ लाख रुपैयाँ भक्तले दिएको दानबाट संकलन भइसकेको छ । यसका लागि प्रदेश सभाका सदस्य दिपेन्द्र श्रेष्ठले ५० लाख रुपैयाँ उपलब्ध गराउँदै हुनुहुन्छ । त्यस्तै, मन्दिर निर्माण समितिका अध्यक्ष, शिवराम राजबंशीले ३ लाख रुपैयाँ, सामुदायिक प्रहरी सेवाका अध्यक्ष टंक श्रेष्ठले १ लाख रुपैयाँ प्रदान गर्नेहुनुभएको छ । शनिबार आयोजना गरिएको चेक हस्तान्तरणका कार्यक्रममा, स्थानीय कृष्णगोपाल राजबंशीले २५ हजार रुपैयाँ । प्रभातमणि (प्रवीण) ओझाले २५ हजार रुपैयाँ उपलब्ध गराउनुभएको समितिका अध्यक्ष राजबंशीले जानकारी दिनुभयो । यसमा दाताको सहयोग थप गरेर समयमा नै निर्माण कार्य पूरा गराइनेछ । राजबंशीले थप्दै भन्नुभयो — दाताबाट सहयोग बढ्न थालेपछि काम पूरा गर्न आँट थपिएको छ ।

स्थानीय रामदेवी श्रेष्ठले भगवानका नाममा उपलब्ध गराउनु भएको जग्गामा २०३४ सालमा यो मन्दिर निर्माण गराइएको हो । बैष्णव यस मन्दिरमा पूजाआजा र प्रवेशका लागि कसैलाई पनि निषेध गरिएको छैन । मैतीदेवी चोकैमा रहेको मन्दिरको पूरा नाम शंखचक्रधारी श्री बेणीगोपाल मन्दिर हो ।

 

 

यसमा तपाइको मत