अध्ययन गरेर, प्रतिवेदन तयार पारेर, परामर्शदाता नियुक्त गरेर मात्र महसुस योग्य बिकास हुँदैन — प्रमुख प्रशाकीय अधिकृत न्यौपाने

एकीकृत र समन्वयात्मक बिकास, सहरी व्यवस्थापन र सौन्दर्यीकरण छलफलका मुख्य बिषय

DSC_3497चन्द्रमणि भट्टराई
बैशाख २७

काठमाडौं । १५ दिनभित्र परिवर्तन गराउन नसकिने योजनामा कुरा गरेर समय खेर फाल्नुको कुनै अर्थ नभएको बताउँदै काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले — महानगरको बिकासमा सम्लग्न कार्यालय प्रमुखहरुलाई, अध्ययन गराउँदैछु, परामर्शदाता नियुक्त भएको छ, प्रतिवेदन पूरा भइसक्यो जस्ता कुरा नगर्न आग्रह गर्नुभएको छ । शुक्रबार महानगरको सभा कक्षमा सहरी व्यवस्थापन र सौन्दर्यीकरणका बिषयमा छलफल गर्न बोलाइएको सरोकारवाला कार्यालयका प्रमुख तथा प्रतिनिधिको बैठकमा प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले यस्तो बताउनुभएको हो ।

DSC_3557बैठकको अध्यक्षता गरिरहनु भएका न्यौपानेले बैठकको शुरुवात्मा नेपालको केन्द्रीय राजधानी सहर व्यवस्थापनमा बिद्यमान बिकास अभ्यास, सरोकारवालाको जिम्मेवारीको सम्भावना र चुनौतीका बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणमा सडकको क्षेत्राधिकार र अवस्था, धुलो न्युनीकरणमा भएका अभ्यासको जस र अपजस, सवारी आवागमन व्यवस्थापन, तारको सञ्जालले पारेको प्रभाव, ढलले निम्त्याउने गरेका समस्या, प्रदुषण नियन्त्रणका चुनौती, भवन संहिताको पालना, फोहोरमैला व्इवस्थापनमा सहभागिताजस्ता बिषय समावेश गर्नुभएको थियो । प्रस्तुतीमा अहिले भइरहेका काम, जिम्मेवारी प्राप्त निकाय र जिम्मेवारी पूरा नहुँदा सृजना भएका समस्या केलाउने प्रयास गरिएको थियो । प्रस्तुतीकरणको निष्कर्ष निकाल्दै उहाँले — नीतिमा स्पष्टता, प्रबिधिको अधिक उपयोग र सोच परिवर्तन गरे महसुस योग्य बिकास गर्न सकिने दावी गर्नुभयो । त्यसपछिको छलफल, एकीकृत र समन्वयात्मक बिकास, सहरी व्यवस्थापन र सौन्दर्यीकरणका सबालमा केन्द्रीत थियो ।

DSC_3578छलफलमा भाग लिने बिकास साझेदार अड्डाका पदाधिकारी तथा प्रतिनिधिले — १५ दिनमा महसुस गराउने गरी काम गर्न कठिन रहेको बताउनुभएपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले आफूले गर्न नसक्ने काम आफूलाई खेलेर पठाउन आग्रह गर्नुभयो । कार्यक्रम र योजना तपाईको, पैसा तपाईको काम किन हुँदैन? जति प्रयास गरे पनि परिवर्तन नदेखिने समस्याको गुजुल्टो कहाँ अड्किएको छ? प्रमुख जिल्ला अधिकारी आचार्यले भन्नुभयो — काठमाडौंलाई राम्रो बनाउन हामी अघि लागेर हिँड्न पनि तयार छौं र पछाडिबाट सहयोग गर्न पनि तयार छौं । तर, अब दोष अर्कालाई पन्छाएर आफू चोखो हुन चाहिँ पाइदैन ।

महानगरीय प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले — बिकासका गर्नु पर्ने अड्डाले समन्वय नगर्दा शान्ति सुरक्षामा खटिनुपर्ने प्रहरी सहरी व्यवस्थापनमा खटिनु परेको बताउनुभयो । जिम्मेवारी पाउने चुपचाप छन् । प्रहरी कहिले डोजर लिएर पुलमुनिको ट्र्याक खोल्न हिँड्नु परेको छ । सबै निकायले आफ्नो जिम्मामा परेको काम गरे, अरुलाई पनि सहज हुनेथियो, थापा क्षेत्रीले सुक्ष्मबिश्लेषण गर्नुभयो । त्यस क्रममा उपभोक्ताकातर्फबाट

सहरी सेवा वितरणमा तथा बिकास निर्माणका पक्षमा काम गर्ने सरकारसम्बद्ध निकायले काठमाडौं महानगरसँग समन्वय नगरी बिकासका काम गर्दा नागरिकको जीवनयापनमा सास्ती बढेकोप्रति महानगरले चासो बढाएको छ । नागरिकमा परेको समस्या कम गराउन साझेदारसँग छलफल गर्न बोलाइएको बैठकमा — साझेदारले आफ्नो सुर छोडेको देखिँदैनथ्यो ।

छलफलका क्रममा सहरी हरियाली, घर र सडकका पर्खालको बनावट तथा रङ्गमा एक रुपता, घर तथा भवनको एक रुपता, भित्ते लेखन, पोस्टर पम्प्लेट, ब्यानर, तुलब्यानर तथा बिभिन्न आकार प्रकार र प्रकृतिका प्रचार सामाग्रीको व्यवस्थापन, सहरी सेवा सुविधा बितरणअन्तर्गत सडक, खानेपानी, विद्युत, टेलिफोन, केवुल तथा इन्टरनेट सेवा प्रदायक सेवा, पार्किङ् व्यवस्थापन, आधारभूत स्वास्थ्य सेवा, शिक्षा व्यवस्थापन जस्ता बिषय उठेका थिए । त्यस्तै पूर्वाधारतर्फ सडकको स्वामित्व र ब्यवस्थापन, सडक संकेत, सडकसँग जोडिएका अन्य पूर्वाधार (विजुली तथा टेलिफोनका खम्बा), सौर्य बत्ती र खम्बामा राखिएका प्रचार सामाग्रीको व्यवस्थापन, ढल निकास, सडक पेटी, साइकल ट्र्याकजस्ता बिषय पनि उठाइए ।

 

 

यसमा तपाइको मत