काठमाडौंका ए डिभिजन फुटबल क्लबलाई सम्मान तथा बि र सि डिभिजन क्लबलाई अनुदान

महानगरको नेतृत्वमा खेल अभ्यास गर्ने ठाउँ बनाउन एन्फाको आग्रह



DSC_2434चन्द्रमणि भट्टराई
बैशाख २३

काठमाडौं । राष्ट्रिय खेलकुदमा योगदान पु¥याएवापत् काठमाडौं महानगरले काठमाडौंभित्रका ६ वटा ए डिभिजन फुटबल क्ललाई सम्मान गरेको छ । सोमबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले सम्मान पत्र प्रदान गर्नुभएको हो । यसरी सम्मान पाउने क्लबहरुमा मनाङ्ग मस्याङ्गदी, शंकटा क्लब (यसबियससि), हिमालयन शेर्पा, सरस्वती युवा, मछिन्द्र युथ र काठमाडौं खेल मण्डल (एनआरटि) छन् ।

सोही कार्यक्रममा काठमाडौंका बि डिभिजन फुटबल क्लबलाई प्रति क्लव ३ लाख रुपैयाँ अनुदान प्रदान गरियो । काठमाडौंमा, ब्वाइज यूनियन, अन्नपूर्ण (आरसिटि), टुसाल युवा, बाँसबारी र श्री कुमारी गरी ५ वटा बि डिभिजन फुटबल क्लव छन् । त्यस्तै ७ वटा सि डिभिजन फुटबल क्लवलाई प्रति क्लब २ लाख रुपैयाँका दरले अनुदान रकम प्रदान गरियो । काठमाडौंमा सानो गौचरण युवा, समाज कल्याण खेलकुद केन्द्र, प्लानिङ्ग ब्वाइज युनाइटेड, स्वयम्भु, सामाजिक युवा, महावीर र मनोहरा एकीकृत युवा क्लब सि डिभिजनका फुटबल क्लव छन् ।

सम्मान र अनुदान रकम प्रदान गर्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले भन्नुभयो — केही समय अघिसम्म हामी आफैं पनि खेलकुदमा स्थानीय सरकारले लगानी गर्ने कि नगर्ने भन्नेमा दोधार थियांैं । खेलकुदकै लागि खेलकुद मन्त्रालय छ । राष्ट्रिय खेलकुद परिषद् छ । खेल सञ्चालन र व्यवस्थापन लगानी उतैबाट हुन्छ । उहाँले थप्दै भन्नुभयो — जब पछि हामीले खेलकुदमा धेरै लगानी आवश्यक पर्छ भन्ने महसुस ग¥यौं, त्यसपछि फुटबल क्लबलाई न्युनतम सहयोग गरेका हौं । हामी खेल मार्पmत समृद्ध महानगरको कल्पनामा छौं । तपाई खेलाडी र खेलप्रेमी कस्तो नीति चाहनुहुन्छ । सुझाव दिनोस्, मेयर शाक्यले खेलाडीलाई नीति खेलाडीको भावना आव्हान गर्नुभयो ।

कार्यक्रममा उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले — लैङ्गिकमैत्री खेलको बिकासमा जोड दिनुभयो । आजको कार्यक्रममा कतिच महिला खेलाडी हुनुहुन्छ । थाहा भएन तर महिलालाई पनि खेलमा उत्साहित गर्नुपर्छ ।

खेलको संस्थागत जग बसाउने पुराना पुस्ताका मानिसलाई खोजेर सम्मान गर्नुपर्छ । त्यसले खेलमा नयाँ उमङ्ग ल्याउँछ । कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले — सरकारको सहयोग नलिइ, आफ्नै प्रयत्नबाट क्लब बनाउने पुराना पुस्ताको काम वास्तवमै सह्रानीय छ । सम्मानपछि धारणा राख्ने क्रममा अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ् शेर्पाले — गएको ४ बर्षदेखि चलाउन नसकिएको लिग फुटबल महानगरले सहयोग गरेपछि सञ्चालन गरिएको उल्लेख गर्नुभयो । महानगरभित्र ठूलो खुल्ला ठाउँ छैन, छिमकी नगरमा जग्गा छ । महानगरको नेतृत्व लिइदियो भने त्यस ठाउँमा अभ्यास गर्ने ठाउँ बनाउन सकिन्थ्यो, शेर्पाले आशासहितको प्रस्ताव राख्नुभयो ।

महानगरको सामाजिक बिकास बिभागका प्रमुख सनतकुमार थापाका अनुसार खेलमार्फत राष्ट्रिय गौरव बढाउन खेलाडीको जागरुक हुन जरुरी भएकोले, खेलाडीको हौसलाका लागि सहयोग रकम प्रदान गरिएको हो । यस सम्बन्धि प्रस्तावमा नगर कार्यपालिकाको माघ २५ गतेको बैठकले निर्णय गरेको थियो ।

महानगरले गएको भदौ २५ गते काठमाडौं जिल्लाका ६ वटा ए डिभिजन फुटबल क्लवको विकासका लागि जनही ९ लाख ३० हजार रुपैयाँका दरले सहयोग रकम प्रदान गरेको थियो ।

खेलाडीको दैनिकी, व्यायाम र खेलकुदको विकासका लागि खेलकुदलाई सहरी जीवन पद्धति बनाउन महानगरले खेलकुदमा क्रमश लगानी बढाउँदै लैजाने नीति लिएको छ । यही नीतिबमोजिम फुटबल क्लबहरुलाई अनुदान रकम दिइएको हो ।

अनुदान रकम दिने सम्झौताबमोजिम महानगरले उपलब्ध गराएको रकम क्लवहरुले खेलकुद प्रयोजनका लागि मात्र प्रयोग गर्न पाउनेछन् । क्लवहरुले आयोजना तथा सञ्चालन गर्ने प्रतिस्पर्धामा प्रयोग हुने जर्सी, ट्र्याक, ट्राउजर, फुटबल व्यागजस्ता सामानमा महानगरको लोगो अङ्कित गर्नु पर्नेछ । महानगरको नीति र प्रचलित कानून विपरीत क्लवले काम गरे सम्झौता स्वतः खारेज हुनेछ ।

 

 

यसमा तपाइको मत