सचिव न्यौपाने, महानगरको प्रमुख प्रशासकीय अधिकृतमा पद बहाली

सार्वजनिक सेवा प्रदायकलाई समन्वय गरेर, राजधानी सहरको छवि सुधार गर्ने प्रयास गर्नेछु — प्रमुख प्रशासकीय अधिकृत न्यौपाने



DSC_1955चन्द्रमणि भट्टराई
बैशाख १६

काठमाडौं । काठमाडौं महानगरको प्रमुख प्रशाशकीय अधिकृतमा सरकार सचिव केदार न्यौपानेले सोमबार पदबहाली गर्नुभएको छ । यस अघि उहाँ प्रदेश १ को प्रमुख सचिवका रुपमा कार्यरत हुनुहुन्थ्यो । मन्त्री परिषद्को बैशाख २ गतेको निर्णयले उहाँ महानगरको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा हुनुभएको हो ।

DSC_1946पदवहाली गर्नुअघि महानगरको सभा कक्षमा प्रशासन बिभागले आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले — संघीय नेपालको केन्द्रीय राजधानी सहरको छवि बढाउन सरोकारवाला सबै एकै ठाउँमा हुनुपर्ने बताउनुभयो । एकीकृत र समन्वयात्मक रुपमा वितरण गर्नुपर्ने सहरी सेवा छरिएकाले गुनासा बढेका हुन् । उहाँले थप्दै भन्नुभयो — केन्द्रीय राजधानीको गौरव बढाउन सार्वजनिक सेवा प्रदायकलाई समन्वय गरेर एकीकृत बिकास पद्धतिको स्थापना गर्नमा मेरो जोड रहनेछ । उपयुक्त व्यक्तिलाई क्षेत्रगत जिम्मेवारी दिने, असल अभ्यासको प्रवर्धन गर्ने, संस्थागत सिकाइलाई व्यवस्थित गर्ने काम मेरा प्राथमिकता हुन् । प्रशासकीय अधिकृत न्यौपानेले भन्नुभयो — काममा तपाईहरु पनि खुशी हुनुपर्छ । जनता र जनप्रतिनिधि पनि खुशी हुनुपर्छ । यसले मात्र सार्वजनिक संस्थाको गरिमा बढ्छ ।

गएको बर्ष यसै समयमा म गृह मन्त्रालयमा थिएँ । त्यसपछि प्रदेश सरकार हुँदै अहिले स्थानीय सरकारमा आएको छु । तीन वटै तहका सरकार सञ्चालनको अनुभव प्रयोग गरेर, महानगरलाई व्यवस्थित बनाउने प्रयास गर्नेछु । कार्यक्रममा उहाँले बताउनुभयो ।

सोही अवसरमा बोल्दै महानगरको प्रशासन विभागका प्रमुख ज्ञानेन्द्र कार्कीले महानगरको बिद्यमान अवस्थाका बिषयमा जानकारी गराउँदै — छरिएका कार्यालय र साबिक व्यवस्थामा महानगरमा सेवा शुरु गरेका कर्मचारीको समायोजन अहिलेका प्रमुख समस्या भएको उल्लेख गर्नुभयो ।

यस अघि महानगरमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिरहनु भएका सरकारका सचिव यादवप्रसाद कोइराला, संघीय तथा सामान्य प्रशासन मन्त्रालयमा सचिवका रुपमा सरुवा भएर जानुभएको छ ।

 

 

 

 

यसमा तपाइको मत