खुल्ला मञ्चका अबैध संरचना भत्काइए

व्यापारीका सामान लैजान महानगरका गाडी प्रयोग गर्न मेयर शाक्यको आग्रह

DSC_0993चन्द्रमणि भट्टराई
बैशाख १४

काठमाडौं । काठमाडौंको खुल्ला मञ्चमा सञ्चालित अस्थायी बसपार्कका छेउमा निर्माण गरिएका टहरा शनिबार हटाइएका छन् । ती संरचना हटाउन महानगरका प्रमुख आफैं पुग्नुभएको थियो । त्यस क्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य पनि हुनुहुन्थ्यो । बसपार्क छेउका अबैध संरचना हटाइरहँदा मेयर शाक्यले स्थानीय र व्यापारीका गुनासा सुन्नुभएको थियो । व्यापारीले आफूलाई हट्न पर्याप्त समय नदिएको गुनासो गरेपछि मेयर शाक्यले — व्यापारीका सामान सार्न आवश्यक पर्ने सवारी साधन उपलब्ध गराउन नगर प्रहरी महाशाखालाई निर्देशन दिनुभयो । सार्वजनिक सम्पत्ति जोगाउने बिषयमा कसैको फरक मत छैन, मेयर शाक्यले प्राप्त गुनासाको उत्तरमा बताउनुभयो ।

DSC_0924अहिले अस्थायी बसपार्क किनारामा भएका अबैध सबै संरचना हटाइएका छन् । त्यहाँ अब एउटा सार्वजनिक शौचालय, टिकट काउन्टर र एउटाखाजा घर मात्र बाँकी छ । यी संरचनाहरु अस्थायी बसपार्क सञ्चालन गर्ने बखत भएको सम्झौतामा उल्लेख भएको शर्तका आधारमा नभत्काइएका हुन् ।

साबिक पुरानो बसपार्कमा काठमाडौं टावर निर्माण हुने भएपछि त्यहाँबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका बस व्यवस्थापन गर्न खुल्लामञ्चको केही भागमा अस्थायी बसपार्क निर्माण गरेर टावर निर्माण अवधिभरका लागि सञ्ञ्चालनमा छ । बसपार्क अस्थायी हुने भएकोले न्युनतम पूर्वाधारका रुपमा शौचालय, एउटा खाजा घर र टिकट काउन्टर निर्माण गरिएको थियो । यसै क्रममा टावरको निर्माणकर्ता कम्पनी जलेश्वर स्वच्छन्द बिकोइ विल्डर्सले टहरा थपेको थियो ।

 

यसमा तपाइको मत