इतिहासलाई भविष्यसँग जोड्ने जिम्मेवारी मेयरका काँधमा

माघ २९

काठमाडौं । इजरायलको जेरुसेलमका मेयर निर वार्कातले विगतलाई इतिहाससँग जोड्ने जिम्मेबारी मेयरहरुका काँधमा रहेको बताउनु भएको छ । ३२ औं अन्तरराष्ट्रिय मेयर सम्मेलनको उद्घाटन सत्रमा बोल्दै मेयर बार्कातले समुदायकालागि सुरक्षित सहर निर्माण गर्नु पर्ने दायित्वलाई मेयरहरुले गहनताका साथ लिनु पर्ने धारणा राख्नभयो ।

सम्मेलनमा भाग लिने प्रतिनिधि तथा निजी क्षेत्रका व्यवस्थापकहरुले कार्यक्रममा बोल्दै — आउँदा दिनमा युवा पुस्तालाई विकासका काममा समाहित गर्न नव प्रवर्तनमा जोड दिँदै प्रविधिको माध्यमबाट सहर रुपान्तरण गर्न सकिने धारणा राखेका थिए ।

हिजोबाट शुरु भएको सम्मेलनमा भाग लिन काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्मासहित जेरुसेलम पुग्नु भएको छ । सम्मेलनमा विश्वका ३२ वटा सहरका नगर प्रमुख, अन्य सहरका प्रतिनिधि र निजी क्षेत्रका उच्च व्यवस्थापकहरुको सहभागिता छ ।

सम्मेलनको पहिलो दिन मेयरहरुले जेरुसेलमस्थित उच्च प्रविधिसँग सम्बन्धित कम्पनीहरुको भ्रमण गर्नुभयो । त्यसै दिन महानगरका प्रमुख शाक्यले जेरुसेलमका मेयर वार्कातसँग शिष्टाचार भेटघाट गर्नुभयो । सो भेटका क्रममा महानगरका प्रमुख शाक्यले काठमाडौंको भौगोलिक, प्राकृतिक एवं मानव सृजित सम्पदा, सहरी व्यवस्थापनको चाप र समाधानकालागि आफूले गरिरहेका कामका विषयमा जानकारी गराउनुभएको थियो भने जेरुसेलमका मेयर वार्कातले, पूर्वाधार निर्माण गर्दै व्यवसायिक क्षेत्रलाई अवसर सृजना गर्नु पर्ने र तुलनात्मक लाभका क्षेत्रका कार्यक्रम केन्द्रीत हुनु पर्ने धारणा राख्नुभयो ।

इजरायलको जेरुसेलमका मेयर निर बार्कात र काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य सम्मेलनका दौरानमा कुराकानी गर्नुहुँदै


सम्मेलनलाई सम्बोधन गर्नुहुँदै जेरुसेलमका मेयर निर वार्कात


Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत