स्वास्थ्य सेवा र महिला नेतृत्व बिकासबाट वडाको समृद्धि खोजिँदैछ — वडाध्यक्ष ढकाल

DSC_9445चन्द्रमणि भट्टराई
बैशाख १२

काठमाडौं । महानगरको वडा २९ ले महिलाको नेतृत्व बिकास र स्वास्थ्य सेवाको प्रवर्धनलाई जोड दिएको छ । बुधबार घट्टेकुलोस्थित सामुदायिक सेवा केन्द्रमा आयोजना गरिएको सामुदायिक स्वास्थ्यमा महिला नेतृत्व बिकास बिषयक ३ दिने तालिम कार्यक्रमको समापन गर्दै वडाध्यक्ष ढकालले सन्तुलित सामाजिक बिकासमा यी दुई पक्षलाई प्राथमिकतामा राखिएको बताउनुभएको हो । यसरी सञ्चालन गरिएका खण्डीकृत कार्यक्रमले अपेक्षित बिकासमा उपलब्धी हासील गर्न नसकिे भएकोले एकीकृत र दिगो कार्यक्रमबाट नागरिकलाई सेवा पु¥याइने उहाँको भनाइ थियो । वडा कार्यालय र अर्वन हेल्थ रिसोर्स सेन्टर नेपालको आयोजनामा तालिम सम्पन्न भएको हो ।

तालिम समापन अवसरमा बोल्दै वडा सदस्य शुशिला ढकालले — तालिममा सहभागी महिलालाई असल र खराव नेतृत्व छुट््याउन सक्ने बनाउनु तालिमको मुख्य उपलब्धी भएको धारणा राख्नुभयो । अहिले रोगको उपचार गराउन अस्पताल पुग्ने बिरामीमध्ये करीब ८१ प्रतिशत बिरामी नसर्ने रोगबाट ग्रसित हुन्छन् । यी रोगहरु जीवन पद्धतिसँग जोडिएका छन् । त्यसैले सचेतनामार्फत नसर्ने खालको रोगको जोखिम कम गराउनुपर्छ । तालिममा हेल्थ रिसोर्स सेन्टरका प्रवन्ध निर्देशक डा. बाबुराम गौत्तमले स्थानीय महिलाहरुमा आएको जागरुकताले जोखिम कम गराउन सकिने बिश्वाश व्यक्त गर्नुभयो । घरमा बसेका महिलालाई स्वास्थ्य सेवा प्रवर्धनमा उत्साहित गर्न सके, स्वास्थ्य उपचारमा गर्नुपर्ने खर्च कम हुने रहेछ । कार्यक्रममा सहभागीकातर्फबाट बोल्दै रमा भट्टराईले — महिलालाई प्रवर्धनात्मक स्वास्थ्य सम्बन्धि जिम्मेवारी दिए, इमान्दारपूर्वक बहन गर्ने बताउनुभयो ।

तालिममा नेपालमा मातृशिशु स्वास्थ्य, नसर्ने खालका रोग र बचावटका उपायहरु, महिला नेतृत्वलगायत बिषयमा कक्षाहरु सञ्चालन गरिउका थिए ।

यसमा तपाइको मत