जनताको भलो हुने काम गर्दा बिरोधसँग नडराउनु — प्रधानमन्त्री ओली

अरुको दुःखमा साथ दिने नेपालीपन र विदेशी सहयोगबाट भूकम्पबाट उठ्न सजिलो

DSC_0173 (1)चन्द्रमणि भट्टराई
बैशाख १२

काठमाडौं । नागरिकलाई सहज हुने काम गर्दा अरुले बिरोध गर्छ भनेर नडराउन प्रधानमन्त्री के. पि. शर्मा ओलीले महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई आग्रह गर्नुभएको छ । बिहीबार बसन्तपुरमा राष्ट्रिय पुननिर्माण प्राधिकरण र काठमाडौं महानगरले आयोजना गरेको २०७२ गोरखा भूकम्पको चौथो स्मृति सभामा बोल्ने क्रममा मेयर शाक्यले प्रधानमन्त्रीलाई महानगरको केन्द्रीय भवन निर्माण गर्न अवरोध भएकोप्रति ध्यानाकर्षण गराएपछि प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । नभएको बागदरबार कहाँ पाउनु? हरिशम्शेर बसेको भवनलाई किन बागदरबार भन्नु? प्रधानमन्त्री ओलीले भन्नुभयो — जनतालाई लाभ हुने काम गर्न किन डराउनु?

DSC_0271कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले गोरखा भूकम्प २०७२ बाट उठ्न नेपाली सामाजिक सद्भावले ठूलो काम गरेको उल्लेख गर्नुभयो । सुरक्षा निकाय, स्थानीय सरकार र कर्मचारीको अथक प्रयासबाट बिपत्तिबाट उठ्न सकेको बताउँदै उहाँले समस्यामा साथ दिने छिमकी तथा कुटनीतिक सम्बन्ध भएका मुलुक र दातृ निकायलाई धन्यवाद दिनुभयो । भूकम्पपछि पुनस्र्थापना र पुननिर्माणमा भएको प्रगति सन्तोषजनक भएको बताउँदै प्रधानमन्त्रीले अबको २० महिनामा पुननिर्माणका सबै काम सकिने बताउनुभयो ।

DSC_0360त्यस क्रममा बोल्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — महानगरले जे गरे पनि बिरोध गरिहाल्ने प्रबृत्ति र सम्पन्न हुन लागेको कामको जस कसले लिने भन्ने साझेदारको होडबाजीले पुननिर्माणमा समस्या परेको उल्लेख गर्नुभयो । अहिले पुननिर्माण प्राधिकरणले जसरी रानीपोखरी पुननिर्माण गरिरहेको छ । हामीले पनि त्यसरी नै बनाउँछौं भनेका थियौं । त्यसोभन्दा हाम्रो बिरोध गर्नेहरु अहिले रानीपोखरीमा डोजर चल्दा केही बोल्दैनन् । प्रवृत्तिको कुरा गर्दै उहाँले महानगरलाई असफल बनाउन खोज्दा व्यवस्था नै धरापमा पर्न सक्ने खतरा देखाउनुभयो । काठमाडौंमा यत्रा ठूला संरचना निर्माण भए । बीर अस्पताल बन्यो । दरबार हाइ स्कूल बन्यो । नेपाली सेनाको भवन बन्यो । कसैले केही भनेन । ३० लाख जनतालाई सेवा दिने केन्द्रीय कार्यालय बनाउन खोज्दा हाम्रो बिरोध भयो । महानगरको केन्द्रीय कार्यालय निर्माण गर्ने बिषयमा म प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । मन्तव्यका क्रममा मेयर शाक्यले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

DSC_0426सामुदायिक बिद्यालय, निजी आवास पुननिर्माणमा उत्कृष्ट काम गर्ने स्थानीय तह तथा आयोजना कार्यान्वयन इकाइलाई प्रशंशा पत्र प्रदान गरिएको कार्यक्रममा, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले — प्रगति सन्तोषजनक भएको र बाँकी काम सक्न मिलेर काम गर्नुपर्ने बताउनु भयो । प्राधिकरणमा छोटो समयमा नै सचिव फेरिइरहने भएकोले पनि लक्ष्यमा पुग्न कठिन थियो, कार्यक्रममा बोल्ने क्रममा प्राधिकरणका सचिव अर्जुन कार्कीले, अहिले कामले लय पक्रिएको धारणा राख्नुभयो ।

औपचारिक कार्यक्रमपछि प्रधानमन्त्री ओलीले बसन्तपुरमा भएका सम्पदा पुननिर्माणको अवस्था अवलोकन गर्नुभएको थियो । जुद्ध शालिक अगाडि समापन गरिएको औपचारिक कार्यक्रमपछि प्रधामन्त्री ओलीले गद्दी बैठक अगाडिसम्म पुग्न सवारी साधनको प्रयोग गर्नुभएको थियो । त्यसपछि हिँडेर काष्ठमण्डप पुननिर्माण भइरहेको ठाउँमा जानुभएको थियो । त्यस क्रममा महानगरका प्रमुख शाक्य र पुननिर्माण समितिका संयोजक एवं प्रदेश सभा सदस्य राजेश शाक्यले, पुननिर्माणको अवस्थाका बिषयमा जानकारी गराउनुभएको थियो । काष्ठमण्डप पुननिर्माणको अवस्था अवलोकन गर्ने क्रममा प्रधानमन्त्री बाँसको भ¥याङ् चढेर माथिल्लो तलामा पुग्नुभयो । त्यहाँबाट ओर्लिएपछि उपस्थिति पुस्तिकामा एक अनुच्छेद अनुभूति लेख्नुभयो । त्यस अनुभूतिमा काष्ठमण्डप पुननिर्माणको काम सन्तोषजनक रहेकोले उल्लेख गर्दै पाँचौ शताब्दीका काठ आज पनि प्रयोग गर्न सकिने अवस्थामा हुनुलार्ई आश्चर्यमिश्रित खुशी भन्नुभएको छ । अनुभूतिको अन्त्यमा उहाँले हाम्रा पूर्खा महान छन् । हाम्रा सम्पदा अमूल्य छन् । सबै मिलेर संरक्षण गरौं लेख्नुभएको छ ।
काष्ठमण्डप अवलोकनपछि उहाँ साविक प्रहरी कार्यालय भएको भवन पुग्नुभएको थियो । त्यहाँ काष्ठमण्डप पुननिर्माणका लागि काठको काम भइरहेको छ । त्यसपछि कालभैरव हुँदै तलेजु मन्दिरको मुल ढोकामा पुग्नुभएको थियो । त्यसपछि हनुमान ढोकाको मुलढोकाबाट भित्रबाट नासल चोक, लोँह चोकहुँदै भित्री कामको अवलोकन गर्दै सेनाको ढोकाबाट बाहिरिनुभएको थियो ।



यसमा तपाइको मत