संस्थागत बिद्यालयमा बढाइएको शुल्क खारेजी

महानगरको शिक्षा ऐन २०७५ र बिद्यालय शिक्षा व्यबस्थापन नियमावली २०७४ बमोजिम शुल्क निर्धारण गर्ने अधिकार नगर कार्यपालिकामा

चन्द्रमणि भट्टराई
बैशाख १२

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको शिक्षा समितिको बैठकले यस अघि (२०७५ फागुन २६ गते) ‘बिद्यालय बर्गीकरण तथा शुल्क अनुगमन समिति’ले वृद्धि गरेको शुल्क खारेज गरेको छ । काठमाडौं महानगरले बिद्यालय शिक्षा व्यवस्थापनका लागि जारी गरेको ‘शिक्षा ऐन — २०७५’ र ‘बिद्यालय शिक्षा व्यबस्थापन नियमावली — २०७४’ बमोजिम शुल्क निर्धारण गर्ने अधिकार नगर कार्यपालिकामा मात्र छ । अहिलेसम्म नगर कार्यपालिकामा संस्थागत बिद्यालयको शुल्क निर्धारण तथा पुनरावलोकनका लागि कुनै पनि प्रस्ताव आएको छैन । शुल्क खारेजीको निर्णयका बिषयमा जानकारी दिँदै मेयर शाक्यले — संस्थागत बिद्यालयले शैक्षिक सत्र २०७५ मा लिइएको शुल्क मात्र लिन पाउने बताउनुभयो । संस्थागत बिद्यालयको शुल्कको बैज्ञानिकताका बिषयमा अध्ययन गरेर मात्र हामी निर्णय लिन्छौं । मेयर शाक्यको भनाइ छ ।

‘बिद्यालय बर्गीकरण तथा शुल्क अनुगमन समिति’ले कार्यपालिकालाई छलेर निर्णय ग¥यो । यसप्रकारका निर्णय खारेजी हुनुको बिकल्प छैन । महानगरको सामाजिक बिकास समितिका संयोजक मुकुन्द रिजालको प्रतिक्रिया छ । उक्त समिति (बिद्यालय बर्गीकरण तथा शुल्क अनुगमन समिति) ले शैक्षिक सत्र २०७६ को आधारभूत तह कक्षा १ देखि ५ सम्म ‘घ’ बर्गमा पर्ने बिद्यालयको अधिकतम शुल्क १,६३० कायम गरेको थियो । गएको २ बर्षअघि यस बर्गका बिद्यालयको शुल्क १,१८१ रुपैयाँ थियो । त्यस्तै ‘ग’ बर्गका बिद्यालयको २,०२४, रुपैयाँ ‘ख’ बर्गका बिद्यालयको २,४१८ रुपैयाँ र ‘क’ बर्गका बिद्यालयको २,८१२ रुपैयाँ तोकिएको थियो । शैक्षिक सत्र २०७५ मा यस बर्गका बिद्यालयका लागि अधिकतम शुल्क क्रमशः १,५७५; १,९६९ र २,३६३ रुपैयाँ कायम थियो । आधारभूत तहकै कक्षा ६ देखि ८ सम्म ‘घ’ बर्गका बिद्यालयको अधिकतम् शुल्क १,९०१ रुपैयाँ, ‘ग’ बर्गका बिद्यालयको २,३५१ रुपैयाँ, ‘ख’ बर्गका बिद्यालयको २,८०१ रुपैयाँ र ‘क’ बर्गका बिद्यालयको ३,२५१ रुपैयाँ तोकिएको थियो । यस अघि यी बर्गका बिद्यालयको अधिकतम् शुल्क १,३५०; १,८००; २,२५० र २७०० रुपैयाँ थियो । माध्यमिक तहतर्फ कक्षा ९ र १० मा ‘घ’ बर्गमा पर्ने बिद्यालयको अधिकतम् शुल्क २,५३७ रुपैयाँ तोकेको थियो । थएको बर्ष यी बर्गका बिद्यालयको अधिकतम् शुल्क १,८३८ रुपैयाँ थियो । त्यस्तै शैक्षिक सत्र २०७६ का लागि ‘ग’ बर्गका लागि ३,१४९ रुपैयाँ, ‘ख’ बर्गका लागि ३,७६२ रुपैयाँ र क बर्गका लागि ४,३७३ रुपैयाँ अधिकतम् शुल्क तोकिएको थियो । यी बगृका बिद्यालयमा गएको बर्षको अधिकतम् शुल्क क्रमशः २,४५०; ३,०६३ र ३,६७५ रुपैयाँ थियो ।

यो शुल्क सम्बन्धि व्यवस्था साबिक जिल्ला शिक्षा कार्यालय हुँदै महानगरमा आएको हो । अहिलेसम्म महानगर नगर कार्यपालिकाले संस्थागत बिद्यालयको शुल्कका सम्बन्धमा कुनै निर्णय गरेको छैन ।

 

 

 

यसमा तपाइको मत