मेयर निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम शुरु

वडा १५ को सिकाइलाई संस्थागत र बिस्तार गरिने



DSC_7522 (1)चन्द्रमणि भट्टराई
चैत्र ३०

काठमाडौं । काठमाडौं महानगरले मेयर निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरेको छ । शनिबारबाट नमूनाका रुपमा वडा १५ बाट शुरु गरिएको कार्यक्रम सामुदायिक स्वास्थ्य सेवा परिषद्मा सञ्चालन हुनेछ । सामाजिक सुरक्षा भत्ता लिने सबै जेष्ठ नागरिकलाई सबै प्रकारका रोगको परीक्षण निःशुल्क गरिनेछ भने औषधिमा २० प्रतिशत छुट दिइनेछ । यो सेवा दिइने नागरिकलाई मेयर निःशुल्क स्वास्थ्य परीक्षण परिचय पत्र दिइनेछ । कार्यक्रम सञ्चालन गर्न शनिबार नै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले परिषदका अध्यक्ष हरिगोपाल श्रेष्ठलाई मासिक एक लाखका दरले हुन आउने बार्षिक एकमुष्ट बाह्र लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । वडा १५ ले नयाँ बर्षको अवसरमा पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा कार्यक्रमको शुभारम्भ तथा चेक हस्तान्तरण गरिएको हो ।

शुभारम्भ कार्यक्रममा बोल्दै प्रर्व प्रधानमन्त्री झलनाथ खनालले — स्थानीय सरकार गठन भइसकेपछिको एक बर्ष पूर्वाधार तयारी गर्ने बर्ष भएकोले अपेक्षित उपलब्धी नदेखिएको हुनसक्ने बताउँदै अब नागरिकले अनुभूति गर्ने कार्यक्रम कार्यान्वयनमा आउने बिश्वाश व्यक्त गर्नुभयो । स्थानीय तह बलियो भए मात्र लोकतन्त्र बलियो हुनेमा जोड दिँदै उहाँले, महानगरका काम अरु स्थानीय तहका लागि सिकाइ हुने भएकोले पनि काठमाडौं महानगरले उदाहरणीय योजना अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।

DSC_7247काठमाडौंमा कृषि उत्पादन गर्न वातावरण सकियो, यो औद्योगिक क्षेत्र पनि होइन, कार्यक्रममा संघीय संसद सदस्य एवं काठमाडौं क्षेत्र नं. ८ का संसद जीवनराम श्रेष्ठले सम्पदा संरक्षण गरेर काठमाडौंलाई जीवन्त बनाउनु पर्ने धारणा राख्नुभयो । संघीय र प्रदेश संसद तथा काठमाडौं महानगर मिलेर महानगरकै अगुवाईमा स्वयम्भूबाट बसन्तपुर जोड्ने सम्पदा मार्गको शुभारम्भ गरिने बताउँदै संसद सदस्य श्रेष्ठले बिकास महसुस गर्ने दिन शुरु भएको धारणा राख्नुभयो । सोही कार्यक्रममा धारणा राख्ने क्रममा नेकपाकी प्रदेश ३ की इन्चार्ज अष्टलक्ष्मी शाक्यले — अन्तर सरकार सम्बन्ध र अन्तर पार्टी सम्बन्धबाट आपसी समृद्धिमा साझेदारिता गर्न सकिने बताउनुभयो । प्रदेशको बिकासका लागि योजना बैङ्क तयार भइसकेकोले समृद्धिको बाटो पनि कोरिएको उहाँको भनाइ थियो ।

चुनावका दौरानमा राजनीतिक दलले जारी गरेका घोषणा पत्रमा उल्लेख भएका महत्वपूर्ण योजनालाई संग्रह गरेर काठमाडौं महानगरले सहरी समृद्धिका लागि योजना तयार गर्दैछ, कार्यक्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले नागरिकलाई महानगरले यो काम गरिदिए हुन्थ्यो भन्ने लाग्ने योजना आव्हान गर्नुभयो । हामी आउँदो असार महिनामा अर्को बर्षको नीति कार्यक्रम तय गर्ने नगर सभा सञ्चालन गर्दैछौं । तपाईका योजना वडामार्फत लिएर महानगरमा आउनोस् उहाँको भनाइ थियो । महानगरको सन्तुलित बिकासका लागि पहुँचयुक्त र समावेशी सहर बनाउँछौं । कार्यक्रममा बोल्दै उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले — शुशासनयुक्त र सदाचारयुक्त महानगर निर्माणमा नागरिक सहभागिता र महिलाको नेतृत्वमा प्रयत्न भइरहेको बताउनुभयो ।

वडा नं. १५ ले गरेका कामका बिषयमा चर्चा गर्ने क्रममा वडाध्इक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले — लामो समयदेखि अड्किएर बसेको चःमित जग्गा बिकास कार्यक्रम सम्पन्न हुने चरणमा पुगेको धारणा राख्नुभयो । वडालाई शान्त र हरियाली बनाउन बैशाखमहिनाबाट जथाभावी पार्किङ् गर्न नदिइने, पार्क तथा सार्वजनिक शौचालय निर्माण गरिने, जथाभावी व्यापार व्यवसाय गर्न नदिइने उहाँको भनाइ थियो ।

नागरिकमा परेका समस्या व्यवस्थापन गर्न जनप्रतिनिधिहरुको तत्परताका बिषयमा धारणा राख्दै वडा सदस्य आनन्द गौत्तमले — नागरिकले भोगेको अप्ठ््यारालाई सहज बनाउन जनप्रतिनिधिबीच कामको बाँडफाँड भइसकेको बताउनुभयो । वडाको सन्तुलित र व्यवस्थित बिकासबाट हामी समृद्ध महानगर बनाउने लक्ष्यमा छौं, उहाँको भनाइ थियो ।

कार्यक्रममा सुनगाभा (बौद्धिक अपाङ्गता) महिला व्यवसायिक केन्द्रलाई बाल संरक्षणका क्षेत्रमा पु¥याएको योगदान स्वरुप कदर गरिएको थियो भने जन्मजात श्रवण एवं बाकशक्तिबिहिन इनिमा महर्जनलाई फोटोग्राफी क्षेत्रमा उत्प्रेरणा दिन सम्मान गरिएको थियो । त्यस्तै स्वयम्भू क्षेत्रको नियमित सरसफाइका लागि स्थानीय गैरसरकारी संस्थासँग सम्झौता गरिएको थियो । त्यस्तै वडाबाट उद्यमशीलता सम्बन्धी तालिम पाएका महिलाहरुले उत्पादन गरेका सामाग्री बिक्रीका लागि राखेका थिए ।

 

 




यसमा तपाइको मत