बारा पर्साका हुरी प्रभावितलाई महानगरको सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा


चन्द्रमणि भट्टराई
चैत्र २७


काठमाडौं । काठमाडौं महानगरपालिकाले बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग रकम प्रदान गरेको छ । बुधबार महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबारमा पुगेर ४० लाख ३१ हजार ४१३ रुपैयाँ ९५ पैसाको चेक हस्तान्तरण गर्नुभएको हो । यस रकममा महानगरकोतर्फबाट २५ लाख रुपैयाँ र बाँकी रकम जनप्रतिनिधि तथा कर्मचारीकोतर्फबाट १ दिनको पारिश्रमिकबाट संकलन गरिएको हो । रकम हस्तान्तरण अवसरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला पनि उपस्थित हुनुहुन्थ्यो ।

गएको २१ गते महानगरको सभा कक्षमा बसेको कार्यपालिकाको ३१ औं बैठकले हावाहुरीबाट प्रभावितलाई सहयोग रकम प्रदान गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीसँगको भेटका क्रममा प्रमुख शाक्यले, महानगरले सम्पादन गरिरहेका तथा आगामी योजनामा रहेका कार्यक्रमका बिषयमा जानकारी गराउनुभएको थियो ।

तस्विर ः कृष्ण पौड््याल, प्रधानमन्त्रीको सचिवालय

यसमा तपाइको मत