शिक्षा पत्रकार समूहको १८ औं बार्षिकोत्सव सम्पन्न

१३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित अध्यक्षमा सुव्वा र महासचिवमा बानियाँ

फागुन ६

काठमाडौं । शिक्षा पत्रकार समूहले स्थापनाको १८ औं बार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । शनिबार काठमाडौंमा बार्षिकोत्सवसँगै सम्पन्न साधारण सभा पनि सम्पन्न ग¥यो ।

बार्षिकोत्सवका अवसरमा आयोजिना गरिएको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्ले, नेकपा एमालेका नेता रविन्द्र अधिकारी, नेपाली कांग्रेसका नेता गगनकुमार थापा, पूर्व शिक्षा मन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता धनीराम पौडेल, शिक्षा मन्त्रालयका सचिव मधुप्रसाद रेग्मी, वरिष्ठ पत्रकार राजेन्द्र दाहाललगायतका बक्ताले संघीय नेपालमा शिक्षा वितरणको प्रभावकारिताका लागि सहभागिताको खोजी गरेका थिए । उत्पादनमूलक, व्यवहारिक एवं प्रयोगात्मक शिक्षामा जोड दिँदै देशको चौतर्फी विकासकालािग आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न योजनावद्ध र प्रणालीमा आधारित शिक्षाको खाँचो पूरा गर्नु पर्नेमा वक्ताहरुको जोड थियो ।
समूहको बार्षिकोत्सवमा पत्रकार कृष्ण मल्ललाई २० हजार नगद राशीसहितको तीर्थराज भुषाल शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरियो । यसकासाथै रुपन्देहीको त्रिवेणी आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक मथुरा यादवलाई उत्कृष्ट प्रधानाध्यापकका रुपमा सम्मान गरिएको थियो भने सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघकी सदस्य देवी खड्का पोख्रेललाई शिक्षा क्षेत्रमा पु¥याएको योगदान स्वरुप सम्मान गरिएको थियो ।
बार्षिकोत्सवपछि सम्पन्न समूहको साधारण सभाबाट शिक्षक मासिककी पत्रकार रोशना सुव्वा अध्यक्ष पदमा निर्वारोध निर्वाचित हुनुभयो । समूहको १३ सदस्यीय निर्विरोध निर्वाचित पदाधिकारीमध्ये उपाध्यक्षमा गोरखापत्रका शेषकान्त पण्डित, महासचिवमा रेडियो नेपालका चन्द्र बानियाँ, सचिवमा कृष्णसार एफ एम का तुला अधिकारी र कोषाध्यक्षमा शिक्षालय मासिकका श्याम तण्डुकार हुनुहुन्छ ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा — इमेज एफएफकी निर्जला कक्षपति, आर्थिक अभियानकी ममता थापा, पाठशालाका कृष्ण मल्ल, आजको शिक्षा साप्ताहिकका रोशन गाउँले, कारोवारका गोपाल संग्रौला, उज्यालो एफ एम का विष्णु विवेक विश्वकर्मा र इमेज टेलिभिजनकी प्रज्ञा तिमल्सिना निर्वाचित हुनुभएको छ ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत