नागरिकलाई बिकास महसुस गराउने जिम्मा स्थानीय सरकारको — प्रधानमन्त्री ओली

नगरपालिका संघको २६ औं स्थापना दिवस सम्पन्न

चन्द्रमणि भट्टराई
फागुन २९

DSC_1996काठमाडौं । प्रधानमन्त्री के. पि. शर्मा ओलीले जनतामा रहेका विकास सम्बन्धि चाहना स्थानीय सरकारले पूरा गर्नु पर्ने बताउनुभएको छ । बुधबार राजधानीमा आयोजना गरिएको नेपाल नगरपालिका संघको २६ औं बार्षिकोत्सवका अवसरमा आयोजना गरिउको एक औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो — नेपालले राजनीतिक अधिकार प्राप्तिको युग पार गरिसकेको छ । गएको एक बर्षमा संवैधानिक संरचनाअनुरुपका कानुनी तथा नीतिगत, बित्तिय तथा संरगनागत व्यवस्था पनि निर्माण भइसकेका छन् । यसैका आधारमा अब स्थानीय सरकारले नबिन सोचका साथ समृद्धिमा अग्रसर हुनुपर्छ ।

सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले नगरपालिकाहरुको बनावट, बिकासका फरक आवश्यकता र आयाम, सामाजिक सोच र राजनीतिक पछिल्ला घटना क्रमका बिषयमा बोल्नु भएको थियो । यी सबै बिषयको सार जनतालाई सुखी बनाउनुमै केन्द्रीत छन् । उहाँले भन्नुभयो — जनप्रतिनिधिको आचरणले यसको सफलता निर्धारण गर्छ ।


स्थानीय सरकारको प्रभावकारी सञ्चालनका लागि राजनीतिक समस्या छै्रन । कार्यक्रममा बोल्दै संघका अध्यक्ष अशोक व्याञ्जुले स्थानीय सरकारले उपभोग गर्न पाउनु पर्ने अधिकारलाई कानून निर्माण गर्दा सावधानी भएर हेर्नु पर्ने खाँचो देखाउनुभयो । संघ सरकारले स्थानीय सरकारलाई मजबुत बनाउने पक्षमा परिपक्व काम गर्नेछ भन्ने मेरो आशा हो, अध्यक्ष व्याञ्जुको भनाइ थियो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएपछि पहिलो काम संक्रमण व्यवस्थापन गर्नु पर्ने रहेकोले, जनताले चाहेअनुसार परिणाम नदेखिएका हुन् । कार्यक्रममा बोल्दै, संघका महासचिव भीम ढुङ्गानाले — विगतमा सम्पन्न कामको परिणाम महसुस गर्ने बेला आएको धारणा राख्नुभयो ।

संसारको केही देशले नगरपालिका संघ जस्ता संरचनालाई कानुनी बन्दोबस्तका साथ व्यवस्था गरेका छन् । नेपालमा पनि यस प्रकार संघलाई हैसियत प्रदान गर्नुपर्छ । २६ बर्षे यात्राका उतारचढाव उल्लेख गर्दै सभामा संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले — आपसी सिकाइबाट शुशासन र समृद्धि सुनिश्चित गर्ने दिशामा संघका काम प्रभावकारी हुने दावी गर्नुभयो । सभामा नेपालका लागि स्वीजरल्याण्ड र जर्मनका राजदूतले नेपालमा स्थानीय सरकारको संस्थागत बिकासमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यस्तै डिएफआइडि, युनाइटेड नेसन नेपालका प्रतिनिधिहरुले लोकतन्त्रको जग बलियो बनाउन स्थानीय सरकारलाई क्षमतावान बनाउनु जरुरी भएको र त्यो अभियानमा आफूहरु जोडिएर काम गर्न तयार रहेको बताउनुभयो ।

समारोहमा संघको महिला बिभागका पदाधिकारीलाई शपथ ग्रहण गराइएको थियो । त्यस्तै सूचना तथा सञ्चार व्यवस्थापन, सरसफाइ र दिशाजन्य लेदो व्यवस्थापनमा सहयोग गर्न सहमति पत्रमा हस्ताक्षर गरिएको थियो । सहमति पत्रमा संघका तर्फबाट अध्यक्ष व्याञ्जुले र नगरहरुका प्रमुखहरुले हस्ताक्षर गर्नुभएको थियो । सोही कार्यक्रममा मेयर खवर डट कम अन लाइन समाचार पोर्टलको शुभारम्भ गरिएको थियो ।

नगरपालिकाहरुलाई जनताको नजिकको सरकारी अड्डाका रुपमामा मजबुत बनाउन, नीति पैरवी गर्ने, निर्वाचित प्रतिनिधिहरुको विकास व्यवस्थापन परिपाटी तथा सोचलाई एक रुपता दिने उद्देश्यसहित २०५० सालमा नेपाल नगरपालिका संघ स्थापना भएको हो । नगरपालिकामा निर्वाचित प्रमुख र उपप्रमुखहरुको प्रतिनिधित्व रहने यस संस्थाले — नगर क्षेत्रको वृहत्तर हित र शुशासन कायम गर्ने, सेवा प्रवाहमा क्षमता अभिवृद्धि तथा स्थानीय राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा नगरको विकासका लागि काम गर्ने साझा लक्ष्य भएका संघ संस्थाहरुबीच अनुभव र सिकाइ आदानप्रदान गर्ने सञ्जाल निर्माण गरिरहेको छ ।

बहुदलीय व्यवस्था कालको अन्तिम निर्वाचन अर्थात् २०५४ सालमा सम्पन्न निर्वाचनपछि गठन भएको संघको कार्य समितिले करीब २० बर्ष संघमा प्रतिनिधित्व ग¥यो । २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनपछि गएको भदौ १२, १३ र १४ गते कामठाडौंमा सम्पन्न अधिवेशनले धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

 

यसमा तपाइको मत