वडा ३ बाट ८ जनालाई बिशिष्ट नारी व्यक्तित्व सम्मान प्रदान

DSC_1427फागुन २४

काठमाडौं । महानगरको वडा नं. ३ ले वडाभित्रका ८ जना महिलालाई बिशिष्ट नारी व्यक्तित्व सम्मान प्रदान गरेको छ । १०९ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा पारेर शुक्रबार वडा प्राङ्गणमा आयोजना गरिउको औपचारिक कार्यक्रम उक्त सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष दीपक के. सी. ले, सामाजिक सन्तुलनका लागि महिलालाई छोडेर कुनै पनि काम गर्न नसकिने बताउँदै, नारी सम्मानले समृद्धि बढ्ने बताउनुभयो । वडाको आर्थिक र सामाजिक बिकासमा मात्र होइन, भौतिक बिकासमा पनि महिलाको योगदान अतुलनीय छ । त्यही योगदानको कदर स्वरुप हरेक बर्षको नारी दिवसमा हामी महिलालाई बिशिष्ट नारी व्यक्तित्व सम्मान प्रदान गर्छौं, वडाध्यक्षले सम्मानका बिषयमा धारणा राख्नुभयो ।

गएको बर्ष सम्मान प्राप्त गर्नेहरुको तर्फबाट धारणा राख्दै, लक्ष्मी शर्माले — अभिभावक वडा पाएकोमा वडाबासी खुशी भएको प्रतिक्रिया दिनुभयो ।

यस बर्ष सम्मापन प्राप्त गर्नेहरुमा बैज्ञानिकहरु रोचना जोशी र शान्ति भट्टराई, उद्यमीतर्फ अम्बिका शर्मा, खेलाडीतर्फ देवु थापा, मञ्जु श्रेष्ठ र रेनुका श्रेष्ठ, साहित्यतर्फ रञ्जुश्री पराजुली तथा बाद्यबादनमा सरोज बादक रुपा न्यौपाने हुनुहुन्छ ।

वडाले बिजया दशमीका अवसरमा जेष्ठ नागरिक र नारी दिवसमा नारीहरुलाई सम्मान गर्ने गरेको छ ।

यसमा तपाइको मत