श्रोतमा फोहोर नछुट््याउँदा, व्यवस्थापनमा समस्या

नेतृत्व महानगरले लिने, सहभागिता सबैले जनाउने सहमति

चन्द्रमणि भट्टराई
फागनु २३

DSC_1241काठमाडौं । सहरबासीले उत्पादन गरेको फोहोर घरमै नछुट््याउँदा व्यवस्थापनमा जटिल समस्या आएको निष्कर्ष निकाल्दै काठमाडौंका नगरहरुले श्रोतमा फोहोर बर्गीकरण गर्ने साझा योजना अघि बढाउने भएका छन् । बिहीबार महानगरको वातावरण व्यवस्थापन बिभागले उपत्यकाका नगरपालिकामा वातावरण हेर्ने अधिकारीलाई डाकेर चलाएको छलफलमा यस्तो निष्कर्ष निस्केको हो । फोहोर व्यवस्थापन गर्न नसकिए, चाँडो प्रभाव देखिन्छ । यो प्रभाव काठमाडौं उपत्यकामा तत्काल देखिन्छ । अन्य नगरमा फोहोर बर्गीकरण गरेर बेचेको पनि देखिएको छ । ल्याण्डफिल्ड साइटमा बगैंचा बनाइएको पनि देखिएको छ । तर, काठमाडौंमा किन एकीकृत काम गर्न सकिएन, यी सवाल छलफलका बिषय थिए ।

छलफलमा दक्षिणकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ज्ञवालीले — घरमा फोहोर छुट््याएर राखेपछि बटुल्न आउनेलाई पैसा दिएर होइन, उनीहरुबाट पैसा लिएर फोहोर पठाउन सकिने व्यवस्थामा जानुपर्ने बताउनुभयो । उपत्यकाका नगरले आफ्ना आफ्ना प्रयास गरेका छन् । तर, धेरै फोहोर संकलन हुने ठाउँमा सानातिना कामको ठूलो प्रभाव आउन सकेन, छलफल राम्रा कामको प्रवर्धन हुन नसकेको टिप्पणी पनि गरिएको थियो ।

छलफलमा भाग लिँदै बिभागका प्रमुख हरिकुमार श्रेष्ठले — फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनका लागि नगरपालिकाबीच साझा कार्यक्रम ल्याउन सकिएन भने सहरमा पनि र व्यवस्थापन हुँदै आएको नुवाकोट ककनी गाउँपालिकामा पनि समस्या हुने बताउँदै, सबैको जीत हुने कार्यक्रममा महानगरले नेतृत्व गर्ने योजना सुनाउनुभयो । फोहोर व्यवस्थापन महानगरको एक्लो समस्या होइन, बञ्चरे डाँडालाई स्यानिटरी ल्याण्डफिल्ड साइटका रुपमा बिकास गर्न लाग्ने समयका लागि समस्या आउन नदिन उपाय खोज्नु पर्ने अहिलेको आवश्यकता रहेको बताउँदै फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख निर्मलराज बरालले — नगरपालिकाहरुसँग भएका उपकरणको उच्चतम उपयोग हुनुपर्ने धारणा राख्नुभयो । यस काममा प्रशासनिक साझेदारिता पनि खाँचो छ, वातावरण प्रशासन महाशाखा प्रमुख सरस्वती पोख्रेल भन्नुहुन्छ — भोलिको समस्या आज देखेर समाधानको बाटो खोज्नुपर्छ ।

श्रोतमा बर्गीकरण गरेर ल्याण्डफिल्ड साइटमा पु¥याउनु पर्ने फोहोरको परिणाम घटाएर सम्भावित समस्या समाधानको बाटो खोजिएको बिभागको भनाइ छ ।

यसमा तपाइको मत