महानगरको ३० औं कार्यपालिका बैठक सम्पन्न ः नगर सभामा ३ वटा बिधेयक पेश गर्न सहमति प्रदान

अपाङ्गता भएका व्यक्तिको परिचय पत्र बितरण कार्यबिधि २०७५ अनुमोदन


चन्द्रमणि भट्टराई
फागुन १७

DSC_0445काठमाडौं । काठमाडौं महानगरको आउँदो नगर सभामा सार्वजनिक निजी साझेदारि, सार्वजनिक यातायात र सहरी योजना आयोग सम्बन्धि बिधेयक प्रस्तुत हुने भएका छन् । सहरी व्यवस्थापनलाई जन अपेक्षाबमोजिम बनाउन यस सम्बन्धि कानुनी व्यवस्था आवश्यक रहेको जनाउँदै शुक्रबार महानगरको सभा कक्षमा बसेको कार्यपालिकाको ३० औं बैठकले अवधारणागत सहमति दिएपछि सार्वजनिक महत्वका यी बिधेयक नगर सभामा प्रस्तुत हुने भएका हुन् । यही बैठकले चैत्र २४ गते नगर सभा बस्ने मिति समेत तय गरेको — महानगरका प्रवक्ता ईश्वरमान डंगालले जानकारी दिनुभयो । बैठकको शुरुवात्मा ताप्लेजुङ्को सिस्नेमा हेलिकोप्टर दुर्घटनामा परि मृत्यु हुनु भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रबिन्द्र अधिकारीसहित दिवङ्गतहरुको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो ।

DSC_0370प्रबक्ता डंगोलकाअनुसार बैठकमा रानी पोखरी पुननिर्माणका लागि मेयर बिद्यासुन्दर शाक्यले उपभोक्ता समितिमा रहने व्यक्तिहरुको नाम प्रस्ताव गर्नुभएको थियो । प्रस्तावित नाम अनुमोदन गर्दै बैठकले अजयरत्न स्थापितको संयोजकमा ५ सदस्यीय समिति गठन गरेको छ । समितिको सचिवमा रोशनकाजी तुलाधर, कोषाध्यक्षमा होमप्रसाद खड्गी तथा सदस्यहरुमा दीपकराज तुलाधर र दीपेन्द्र खड्गी हुनुहुन्छ । त्यस्तै बैठकले रानीपोखरी पुननिर्माणको अनुगमन तथा समन्वय समिति पनि गठन गरेको छ । समितिमा वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठ, बडा २७ का अध्यक्ष चिनियाँमान बज्राचार्य र वडा २८ का अध्यक्ष भाइराम खड्गी हुनुहुन्छ ।

आजकै बैठकले अपाङ्गता भएका व्यक्तिको परिचय पत्र बितरण सम्बन्धि कार्यबिधि २०७५ अनुमोदन गरेको छ । यस कार्यबिधिबमोजिम अपाङ्गता भएको व्यक्ति स्वयम् वा अभिभावक तथा संरक्षकमध्ये कसैले अपाङ्ता भएको पुष्टि हुने कागजातसहित वडामा निवेदन दिएपछि वडाले सामाजिक विकास विभागमा शिफारिस गर्ने र बिभागले परिचय उपलब्ध गराउने व्यवस्था गरेको छ । यस प्रक्रियामा चित्त नबुझे महानगरका उपप्रमुखको संयोजकत्वमा गठित समन्वयन समितिमा निवेदन दिन सकिनेछ । अपाङ्ता सम्बन्धि प्रमाण पत्र लिन स्थायी ठेगाना भएको ठाउँमा जान नसक्ने व्यक्तिको हकमा, त्यस अघि नलिएको एकिन गरी लिन सक्ने व्यवस्था छ । यो परिचय पत्र सामान्य अपाङ्ता भएका व्यक्ति आफैंले लिनु पर्नेछ भने पूर्ण वा अति अशक्त भएका कारण अपाङ्ता भएका व्यक्तिका हकमा परिवारको सदस्य वा अख्तियार प्राप्त गरेको व्यक्तिले बुझ्न सक्नेछन् ।

बैठकमा काठमाडौंँ टावरको निर्माण प्रक्रियाका बिषयको प्रस्तावमाथि छलफल गर्दै, टावरको निर्माण पक्ष स्वच्छन्द बिकाईले गरेको कामको गुणस्तर, सम्झौतामा उल्लेख भएका शर्तहरुको पालना र समय सीमा जस्ता बिषयलाई स्वतन्त्र परीक्षण गर्न परामर्शदाताबाट काम गराउने निर्णय भएको छ । त्यस्तै सम्पदा क्षेत्रमा निर्माण भएका भवनहरुको अभिलेखीकरण गर्ने निर्णय भएको छ ।

 

 

यसमा तपाइको मत