बिद्यालय व्यवस्थापन समितिलाई आर्थिक शुशासन सम्बन्धि अभिमुखीकरण

बिचार, नीति, थिति र मति सही भए गति बढ्छ — सहसचिब डा. पाण्डे

 

चन्द्रमणि भट्टराई
फागुन ९

 

DSC_8931300काठमाडौं । सामुदायिक बिद्यालय सञ्चालनमा महानगरले लिएको नीतिका विषयमा सरोकार राख्ने कसैमा द्विविधा नहोस् भन्ने चाहेको उल्लेख गर्दै महानगरका सहसचिव डा. टोकराज पाण्डेले — बिचार, नीति, थिति र मति सही भए मात्र गति बढ्ने बताउनुभएको छ । बिहीबार सामुदायिक विद्यालय सञ्चालन समितिका पदाधिकारीका लागि आयोजना गरिएको आर्थिक व्यवस्थापन सम्बन्धि एक दिने अभिमुखीकरणमा ‘सामुदायिक बिद्यालयका काममा सञ्चालक समिति’ बिषयक कार्यपत्र प्रस्तुत गर्दै डा. पाण्डेले — महानगरभित्रका सामुदायिक बिद्यालयलाई शैक्षिक रुपमा अब्बल बनाउन समिति सक्रिय र अभिभावकीय भूमिकामा रहनुपर्ने खाँचो देखाउनुभयो । खर्च धेरै होस् कि थोरै, जति भए पनि सरकारी खर्चलाई जथाभावी गर्न पाइँदैन । यसरी गरिने खर्चलाई प्रचलित ढाँचामा अभिलेख राख्नुपर्छ, । यसका भएको त्रुटीप्रति व्यवस्थापन समिति पनि उत्तिकै जिम्मेवार हुन्छ । उहाँले थप्दै भन्नुभयो — बिद्यालयले गर्ने खर्च लेखा प्रणालीमा व्यवस्थापन समिति सजग हुनुपर्छ ।

अभिमुखीकरणमा ‘सामुदायिक बिद्यालयको कानुनी व्यबस्था’ सम्बन्धि कार्यपत्र प्रस्तुत गर्दै शिक्षा बिभागका प्रमुख सीताराम कोइरालाले — बिद्यालयको लेखा प्रणाली, आर्थिक शुशासन, मितव्ययी खर्च र खर्चको पारदर्शितामा समिति अन्जान बस्न कानुनले छुट नदिएको बताउनुभयो । अभिमुखीकरणमा सामुदायिक बिद्यालयको लेखापरीक्षण कार्यविधि २०७५, निकासा खर्च प्रतिवेदन र आय, आन्तरिक लेखा परीक्षण र समपरीक्षण सम्बन्धि जानकारी दिने क्रममा महानगरको आन्तरिक लेखा परीक्षण शाखा प्रमुख गोपालप्रसाद पोख्रेलले — आ. व. २०७५÷०७६ को आन्तरिक लेखा परीक्षण कार्य थालनी भइसकेको जानकारी गराउनुभयो । ‘बिद्यालयको आय र लेखा परीक्षण व्यवस्थापन’ सम्बन्ध् िकार्यपत्र प्रस्तुत गर्दै उहाँले बिद्यालयको बेरुजु फस्र्यौट र श्रेस्ता व्यवस्थापनमा सहजीकरण गर्न तयार रहेको बताउनुभयो । नबुझेको केही भए सहयोग लिन आउनु, उहाँको आग्रह थियो । लेखा व्यवस्थापन गर्ने कामको छुट्टै ढाँचा हुन्छ । सामुदायिक विद्यालयले यसको पूर्ण पालना गर्नुपर्छ । बित्त विभागका लेखा अधिकृत श्याम न्यौपानेले ‘बिद्यालयको बजेट खर्च लेखाङ्कन सम्बन्धी’ कार्यपत्र प्रस्तुत गर्दै — सामुदायिक बिद्यालयले बिद्यालय लेखा पालन दिग्दर्शन २०७४ बमोजिम खर्च गर्ने तथा हिसाब राख्ने गर्नुपर्छ ।

काठमाडौं महानगरपालिकाभित्र ९१ वटा सामुदायिक विद्यालय छन् । यी विद्यालयहरु ११ वटा श्रोत केन्द्रले हेर्छन् । ती बिद्यालयको खर्च प्रणालीलाई व्यबस्थित गर्न गएको महिना आफू मातहतका ९१ वटा बिद्यालयलाई चार समूह बनाएर बिद्यालयका प्रधानाध्यापक र लेखापाललाई अभिमुखीकरणमा सहभागी गराइसकिएको छ । त्यस्तै शिक्षक र कर्मचारकिो तलब बैङ्क खातामार्फत उपलब्ध गराइ सकिएको छ ।

 

यसमा तपाइको मत