धोवी खोला सरसफाइ २०० हप्तामा

माघ २६
२०७० फागुन ३ सरसफाइ अभियान शुरु भएको क्षण । यस अवसरमा काठमाडौंका तत्कालीन संविधान सभा सदस्यहरुसमेत सहभागी हुनुभएको थियो ।

काठमाडौं । माघ २७ गते धोवी खोला (रुद्रमती नदी) सरसफाइको २०० औं सृङ्खला पुग्दैछ । यस अवसरमा धोवी खोलाको शिरदेखि तीरसम्म विभिन्न १० वटा खण्डबाट सफाइ शुरु हुने भएको छ ।

सफाइ तालिका अनुसार बुढानिलकण्ठको नीलो पुलमा जम्मा हुने समूहले नैलिननाथदेखि भंगालसम्मको खण्ड सफाइ गर्नेछ भने निखिलेश्वरमा भेला हुने समूहले भंगालदेखि बालुवाखानी पुलसम्मको नदी खण्ड सफाइ गर्नेछ । त्यस्तै कपनको नीलो पुलमा भेला हुने समूहले बालुवाखानीदेखि कपनको नीलो पुलसम्म, गोपीकृष्ण पुलमा भेला हुने समूहमध्ये एउटा समूहले चुकुन्दादेखि गोपीकृष्ण पुलसम्म र अर्को समूहले गोपीकृष्ण पुलदेखि भत्केको पुलसम्मको
२०७० साल फागुन ३ गते कपन र काठमाडौं महानगरको सिमाना सरसफाइ अभियान शुरु गरिएको हो । सफाइ शुरु गरिनु अघि अभियान शुरुवात्को विन्दु यस्तो थियो ।

नदी सफाइ गर्नेछ । भत्केको पहेंलो पुलमा जम्मा हुने समूहले भत्केको पुलदेखि कालो पुलसम्म सम्म, देवीनगरमा भेला हुने समूहले सिम्रिक पुलसम्म र सिम्रिक पुलमा भेला हुने समूहले बाग्मती दोभानसम्मको खण्डमा सफाइ गर्नेछ ।

यस पटकको सफाइमा बाग्मती, चक्रपथ सरसफाइका अभियन्तासमेत धोवीखोलामै केन्द्रीत हुनेछन् । विहान ०७ बजे शुरु हुने सफाइ ०९ बजे सेतो पुल ाएर औपचारिक समारोहमा परिणत हुनेछ ।

धोवी खोला सरसफाइ २०७० फागनु ३ गते शुरु भएको अभियान हो ।

२०७० फागुन ३ सरसफाइ अभियान शुरु भएको क्षण । यस अवसरमा काठमाडौंका तत्कालीन संविधान सभा सदस्यहरुसमेत सहभागी हुनुभएको थियो ।



चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत